भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश नं. १ मा याक्थुङ/लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय र तयारीका विषयमा विस्तृत छलफल भएकाे छ ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन लगायत प्रतिनिधिमण्डलले प्रदेश नं. १ को सामाजिक-सांस्कृतिक विविधता र संविधानद्वारा सुनिश्चित भाषिक अधिकारको सन्दर्भमा मातृभाषामा सेवा प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
याक्थुङ (लिम्बु) र मैथिली भाषाको प्रयोग सरकारी कार्यालयहरूमा संस्थागत रूपमा कार्यान्वयन गर्न ठोस कार्ययोजना निर्माणका लागि आयोगसँग सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
भेटघाटमा भाषा आयोगका अध्यक्ष डा. ठाकुरले संविधानले प्रत्याभूत गरेको भाषिक अधिकारलाई कार्यान्वयनमा लैजान आयोग प्रतिबद्ध रहेको बताउँदै प्रदेशस्तरीय समन्वय र स्थानीय तहसँगको सहकार्यबाट कार्यान्वयन प्रक्रिया अघि बढाउने बताउनु भयाे ।
उक्त भेटघाट कार्यक्रममा कियाचु उपाध्यक्ष गाेविन्द अाङबुङ, महासचिव निरन्ती तुम्बापाे, काेषाध्यक्ष अमर तुम्याहाङ, भाषाविद्ध येहाङ लावती लगायत प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...