ट्याक्सी स्टेण्डमा पार्किङ गर्न दमक नगरकाे अपिलः अटेर गरी कारवाही

 लिम्बुवान न्युज
                       

दमक, १५ साउन ।  झापाको दमक नगरपालिकाले ट्याक्सी स्टेण्डमा पार्किङ गर्न ट्याक्सी चालकहरूलाइ अपिल गरेकाे छ । नपाले एक वर्षअघि दमक चोकमा भीड र ट्राफिक जाम नियन्त्रण गर्न ट्याक्सी स्टेण्डलाई दमक–७ स्थित पशुहाटको खुल्ला स्थानमा स्थानान्तरण गरेको थियो।

हालसम्मपनि व्यवस्थित पार्किङ र यातायात व्यवस्थापनका लागि गरिएको यो निर्णयको पालना अझै पूर्णरूपमा हुन सकेको छैन। ट्याक्सी चालकहरूलाई नयाँ स्टेण्डमा जान पटकपटक आग्रह गरिए पनि, केही चालकहरू अझै साबिककै स्थान दमक चोक क्षेत्रमै अव्यवस्थित रूपमा पार्किङ गर्दै आएका छन्।

रातो नम्बर प्लेट भएका निजी सवारी साधनका ट्याक्सीहरू बजारमै अव्यवस्थित रूपमा लाइन लागेर बस्ने गरेकाे देखिन्छ । यसबाट बजार क्षेत्र ट्राफिक जामले प्रभावित हुनुका साथै पैदलयात्रीहरूलाई समेत असहज भएको वताइन्छ।

दमक नपा र नगर प्रहरीले पटकपटकको अनुरोध बेवास्ता गर्दै आएको भन्दै, नगर प्रहरी एक्सनमा उत्रिएको छ। नगर प्रहरी प्रमुख रुद्र बहादुर कार्कीको नेतृत्वमा गएको टोलीले बुधबार दमकका मुख्य बजार क्षेत्रका पाँच वटा ट्याक्सीमा ह्विल लक लगाएको छ।

प्रमुख कार्कीका अनुसार नगरपालिका अब नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्ने तयारीमा रहेको उनले बताए । अझै अटेर गरे दमकमा यसखाले ट्याक्सी सञ्चानमै रोक लगाउने तयारी समेत नगरमा छलफल भएको र त्यसको भागेदार नबन्न समेत नगर प्रहरी प्रमुख कार्कीले चालकहरूलाइ चेतावनी दिए ।

यसबीच, ट्याक्सी चालकहरूले भने नयाँ स्टेण्डमा यात्रु नपाइने गुनासो गर्दै आएका छन् । यसैगरि नयाँ स्टयाण्ड ब्याबस्थित नभएको समेत उनीहरुको गुनासो छ । तर त्यस ठाउँमा निःशुल्क वाईफाई, खानेपानी, खुल्ला र हरियाली सहितको व्यवस्थापन गरिएको नपाले जनाएकाे छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...