विपीको जग्गा विक्री हल्लाबारे लिम्बुवानको पाँच बुँदे ज्ञापनपत्र

 लिम्बुवान खबर
                       

धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी नियुक्त भएपछि प्रतिष्ठानले चर्चेको जग्गा विक्री गर्ने षडयन्त्र भैरहेको छ भनि स्थानिय पत्रपत्रिकामा समाचार प्रकाशित भएको उद्धत गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीले मंगलवार उपकुलपति प्राडा गिरीलाई ज्ञापनपत्र बुझाई चासो प्रकट गरेको छ ।

ज्ञापनपत्रमा प्रतिष्ठानको अस्पतलामा लापरवाही र मनोमानी भएको भन्दै ५ सुत्रिय माग समेत गरेको छ । ज्ञापनपत्रमा भनिएको छ ‘प्रदेश १ कै गहनाको रुपमा रहेको प्रतिष्ठान स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको अबौंको जग्गा बेच्ने व्यापारिक घरना सगँ गोप्य सेटिङ भैरहेको भन्ने पत्रपत्रिकामा बाहिरीएको विषय प्रति हाम्रो पार्टी घोर आपत्ति जनाउदै यदि प्रतिष्ठानको सम्पक्तिमाथि खेलबाडगर्ने कुचेष्टा भएको आशंका मात्र भएको पाइए पार्टी कडाइका साथ आन्दोलन गरी सार्वजानिक सम्पत्ति माथि गिद्वे नजर लगाउने प्रतिष्ठानका नेतृत्व माथि जस्तो सुकै कार्यवाही हुने समेत जानकारी गर्दछौ ।’

लिम्बुवाका जिल्ला अध्यक्ष अमर इजम र नगर अध्यक्ष सञ्जहाङ पालुङवको हस्ताक्षर भएको ज्ञिापनपत्रपमा प्रतिष्ठानमा लापरवाही, मनोमानी भएको भन्दै ज्ञापनपत्र मार्फत ५ सुत्रिय माग गरिएको छ । ज्ञापनपत्र १ मा आपतकाल स्वास्थ्य सेवामा अहोरात्र खट्रने स्वास्थ्यकर्मीहरु लाई पिपिईको व्यावस्था तत्कानगर्नु पर्ने । २ मा प्रतिष्ठानको औषधि पसलमा आवस्यक परेको सम्पूर्ण औषधिहरु पूर्णरुपमा उपलब्धगर्नु पर्ने । ३ मा स्वास्थ्य विमा गरेकाहरुको उपचार गर्ने विरामिहरु लाई विमाद्वारा निर्धारण भएको औषधि तत्काल उपलब्ध गराउनु पर्ने ।
४ मा कोरोना संङ्व्रmमित विरामिहरुको उपचारको व्यावस्थापन लाई सुधार गर्नु पर्ने र ५मा प्रतिष्ठानका आसेपासेहरुको आफन्तलाई भित्र–भित्रै मनोमानी तरिकाले कर्मचमरी नियुक्तीगर्ने चलन तुरुन्त रोक लगाउनृु पर्ने । उल्लेखित पाचँबुदे माग प्रतिष्ठानले तुरुन्त कार्यानयन नगरी आलटाल गर्ने चेष्टा गरे धरानका सरोकारवाला र लिम्बुवान मञ्च मुुख दर्शक बनेर नबस्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...