विपीको जग्गा विक्री हल्लाबारे लिम्बुवानको पाँच बुँदे ज्ञापनपत्र

,   लिम्बुवान खबर
                       

धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी नियुक्त भएपछि प्रतिष्ठानले चर्चेको जग्गा विक्री गर्ने षडयन्त्र भैरहेको छ भनि स्थानिय पत्रपत्रिकामा समाचार प्रकाशित भएको उद्धत गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीले मंगलवार उपकुलपति प्राडा गिरीलाई ज्ञापनपत्र बुझाई चासो प्रकट गरेको छ ।

ज्ञापनपत्रमा प्रतिष्ठानको अस्पतलामा लापरवाही र मनोमानी भएको भन्दै ५ सुत्रिय माग समेत गरेको छ । ज्ञापनपत्रमा भनिएको छ ‘प्रदेश १ कै गहनाको रुपमा रहेको प्रतिष्ठान स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको अबौंको जग्गा बेच्ने व्यापारिक घरना सगँ गोप्य सेटिङ भैरहेको भन्ने पत्रपत्रिकामा बाहिरीएको विषय प्रति हाम्रो पार्टी घोर आपत्ति जनाउदै यदि प्रतिष्ठानको सम्पक्तिमाथि खेलबाडगर्ने कुचेष्टा भएको आशंका मात्र भएको पाइए पार्टी कडाइका साथ आन्दोलन गरी सार्वजानिक सम्पत्ति माथि गिद्वे नजर लगाउने प्रतिष्ठानका नेतृत्व माथि जस्तो सुकै कार्यवाही हुने समेत जानकारी गर्दछौ ।’

लिम्बुवाका जिल्ला अध्यक्ष अमर इजम र नगर अध्यक्ष सञ्जहाङ पालुङवको हस्ताक्षर भएको ज्ञिापनपत्रपमा प्रतिष्ठानमा लापरवाही, मनोमानी भएको भन्दै ज्ञापनपत्र मार्फत ५ सुत्रिय माग गरिएको छ । ज्ञापनपत्र १ मा आपतकाल स्वास्थ्य सेवामा अहोरात्र खट्रने स्वास्थ्यकर्मीहरु लाई पिपिईको व्यावस्था तत्कानगर्नु पर्ने । २ मा प्रतिष्ठानको औषधि पसलमा आवस्यक परेको सम्पूर्ण औषधिहरु पूर्णरुपमा उपलब्धगर्नु पर्ने । ३ मा स्वास्थ्य विमा गरेकाहरुको उपचार गर्ने विरामिहरु लाई विमाद्वारा निर्धारण भएको औषधि तत्काल उपलब्ध गराउनु पर्ने ।
४ मा कोरोना संङ्व्रmमित विरामिहरुको उपचारको व्यावस्थापन लाई सुधार गर्नु पर्ने र ५मा प्रतिष्ठानका आसेपासेहरुको आफन्तलाई भित्र–भित्रै मनोमानी तरिकाले कर्मचमरी नियुक्तीगर्ने चलन तुरुन्त रोक लगाउनृु पर्ने । उल्लेखित पाचँबुदे माग प्रतिष्ठानले तुरुन्त कार्यानयन नगरी आलटाल गर्ने चेष्टा गरे धरानका सरोकारवाला र लिम्बुवान मञ्च मुुख दर्शक बनेर नबस्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;