लिम्बुवान मञ्च तेह्रथुमले स्मारिका प्रकाशन गर्ने

 लिम्बुवान खबर
                       

शुक्रबारे, तेह्रथुम/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति तेह्रथुमले मञ्चले जिल्लामा स्थापना भएदेखि हालसम्म गरेको गतिविधिलाई समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ ।

स्मारिका तयारीको लागि भदौ ३ गते बसेको जिल्ला बैठकले सम्पादक मण्डल र आर्थिक समिति गठन गरिएको जिल्ला अध्यक्ष विजय निङ्लेखुले बताउनु भएको छ । सम्पादक मण्डलमा प्रधान सम्पादक लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य तथा संघीय विद्यार्थी युनियनका अध्यक्ष सेसेहाङ चोङबाङ रहनुभएको छ भने कार्यकारी सम्पादक दिल पाक्साङ्वा, सम्पादकहरु राम इङ्नाम र राजकुमार खापुङ् रहनुभएको छ । त्यसैगरी आर्थिक समिति संयोजकमा मञ्चका जिल्ला अध्यक्ष विजय निङ्लेखु त्यसैगरी सदस्यहरुमा सन्तोष सम्बाहाम्फे र विकास इङनाम रहनुभएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...