राष्ट्रिय झण्डा जलाएको फुटेजप्रति आदिवासी जनजाति आवद्ध ९ संस्थाहरुको संयुक्त विज्ञप्ति

 लिम्बुवान खबर
                       

काठमाडाैं/नेपाल देशको राष्ट्रिय झण्डा जलाएको फुटेजसहित गेल्जेन दोर्जे तामाङको समूहले र्याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति आदिवाशि जनजाति आवद्ध ९ वटा जातीय संस्थाहरुले एक संयुक्त विज्ञप्ति जारि गर्दै संम्बन्धित पक्षहरुमा ध्यानाकर्षण गराएको छ ।

झण्डा जलाउनेले भन्दा झण्डा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको र इतिहासका कालखण्डहरूमा बारम्बार राष्ट्रघाती तुच्छ कार्यहरू ,पूर्वराजा, प्रधानमन्त्री, सेलिबे्रटि लगायतबाट नै देशको नक्सा, झण्डालाई अपमानजनक ढङ्गले दुरुपयोग गरिएको तर यो पछिल्लो झण्डा जलाउने घट्नाका दोषिहरु माथि मात्र राज्यले कार्बाहि प्रकृया अगाडि बढाउन खोजेकोले राज्यको अन्यायपूर्ण र असमानजनक व्यवहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस विज्ञप्तिको पूर्ण विवरणस्

नेपाल देशको राष्ट्रिय झण्डा जलाएको फुटेजसहित गेल्जेन दोर्जे तामाङको समूहले ¥याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

अपुरो र अधुरो वर्तमान नेपालको विभेदकारी संविधानले राष्ट्रिय जनावर गाई, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय पक्षी डाँफे हुने व्यवस्था गरेको छ । तर, ती चिह्नहरूले नेपालका जात, जाति, भाषा, धर्म, संस्कृति, भूगोलले सिँगारिएको विविधतायुक्त र बहुल राष्ट्रियतालाई समेटेको छैन । राजाकालीन, राणाकालीन हुँदै पञ्चायतकालीन शासन व्यवस्थासम्म लामो समय एकात्मक, केन्द्रीकृत, हिन्दू राज्य सञ्चालनले स्थापित गरेको एकलकाँटे विम्ब र प्रतीकहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा बद्लिनुपर्छ भन्ने सवाल आदिवासीलगायत अन्य न्यायपूर्ण आन्दोलनले निरन्तर उठाउँदै आएको अवगत नै छ ।

झण्डा जलाउनेले भन्दा झण्डा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको र इतिहासका कालखण्डहरूमा बारम्बार राष्ट्रघाती तुच्छ कार्यहरू भएको कुरा सबैमा जगजाहेर नै छ । पूर्वराजा, प्रधानमन्त्री, सेलिबे्रटि लगायतबाट नै देशको नक्सा, झण्डालाई अपमानजनक ढङ्गले दुरुपयोग गरिनु र यो पछिल्लो झण्डा जलाउने घट्ना सबै निन्दनीय कार्य हुन् जसको हामी खेद व्यक्त गर्दछौं ।

उल्लेखित घट्नाका सम्बन्धमा राज्यले सबैलाई समान ढङ्गले कारबाही गर्नुपर्नेमा पछिल्लो घट्नाका दोषीलाई मात्र कार्बाही प्रक्रिया अगाडि बढाउनु राज्यको अन्यायपूर्ण र असमानजनक व्यवहार हो । यस किसिमको गलत गतिविधि गर्नेहरूमाथि राज्य समान रुपमा प्रस्तुत हुन आग्रह गर्दछौं ।

राज्य सरकार र जिम्मेवार नागरिकले विभेद, अपमान, अत्याय, अत्याचारको प्रतिकारको रूपमा प्रकट हुने जुनसुकै विषय र घट्नालाई गम्भीरतापूर्वक लिएर सबै वर्ण, वर्ग, नश्ल, जात, जाति, भाषा, धर्म, संस्कृति र भूगोलका नागरिकको भावनाको सम्मान हुने र प्रतिविम्बित हुने गरी राष्ट्रिय चिह्नहरूको नयाँ निर्माण नगरेसम्म समाजमा द्वेष र घृणा फैलाउने अतिवादी तत्वहरूले ठाउँ पाइरहने समेत ध्यानाकर्षण गर्न गराउन चाहन्छौं ।

कोभिड–१९ को विरुद्ध सबै एकजुट हुन अपिलसहित, जय आदिवाशि जनजाति ।
(नयाँ अनलाइन बाट)

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...