दमकमा १ काे मृत्यु, २ हजार बढीको पीसिआर, कुल ६६ जनामा संक्रमण, १९ जनाले जिते कोरोना

 लिम्बुवान खबर
                       

दमक । झापाको दमक १ का ५८ बर्सिय एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । लिम्बू थरका ती पुरुषमा अन्य रोगको लक्षण देखिएपनि कोरोना संक्रमण पुष्टी भएको हो ।

दमक १ का वडाध्य्क्ष तारा प्रसाद अधिकारीले ती पुरुषको मृत्यु भएको पुष्टि गरे । पछिल्लो समयमा देशभरबाट ३ जना सन्क्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससगै देशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १४९ पुगेको छ ।

झापाको दमकमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६६ पुगेको छ । उनीहरु मध्ये १९ जनाले कोरोनाको उपचारका क्रममा स्वास्थ्यलाभ लिएका छ्न । नगरपालिकाकि प्रबक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीद्वारा हस्ताक्षर गरि आज जारी गरिएको प्रेस बिज्ञाप्तीमा जनाइए अनुसार हाल सम्म ५७१ महिला सहित कुल २ हजार ९९ जनाको पीसिआर बिधीबाट कोरोना परिक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित फेला परेका हुन ।

संक्रमण पुष्टि भएर पनि ७ जनाको उपचार होम आईसोलेसन मै भैरहेको छ । १४ जना नगरपालिकाद्वारा निर्मित क्वारेन्टाइनस्थलमा तोकिएको आइसोलेसनमा उपचाररत छ्न । त्यस्तै गोठगाउमा ८ जना, सशस्त्र प्रहरीको आइसोलेसनमा ४ जना, मेची अस्पतालको आईसोलेसनमा ६ जना र बीपी प्रतिस्ठान धरानमा २ जना उपचाररत रहेका जारी बिज्ञप्तीमा उल्लेख छ । दमकमा समुदायस्तरमै कोरोना फैलिएपछि आउने शनिबार सम्मका लागि लकडाउन  लम्ब्याइएको छ ।

निश्कर्ष न्यूजबाट

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...