झापा गोलीकाण्ड: सदरमुकाम ल्याउन खोजेको अभियुक्तलाई प्रहरीले छाड्यो

 लिम्बुवान खबर
                       

झापा । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले गौहत्याको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई छाडेको छ ।

झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा नेपाल प्रहरी/सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा स्थानीय ३८ वषिर्य रसिकुल अालमकाे मृत्यु भएको थियो ।

घटनापछि प्रहरीले पक्राउ परेका स्थानीय ५२ वर्षीय अब्दुल सलाम र ५२ वर्षीय ताजबुल हकलाई प्रहरीले छाडेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार दुवै जनालाई झापा गाउँपालिकाको रोहबरमा छाडिएको हो ।

‘स्थितिलाई मथ्थर बनाउन र शान्ति सुरक्षा कायम गर्नका लागि छाडिएको हो’, थापाले अनलाइनखबरसँग भने । झापा गाउँपलिका वडा नं. २ का वडाध्यक्ष मोतिलाल गणेशका अनुसार अहिले घटनाबारे स्थानीय जनप्रतिनिधि, पीडित पक्ष, प्रहरी र प्रशासनबीच छलफल गर्ने तयारी भइरहेको छ ।

उनले अनलाइनखबरसँग भने, ‘मृतकलाई शहीद घोषणा गर्नुपर्ने, प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने जस्ता माग पीडित पक्षले राख्नु भएको छ । त्यसविषयमा छलफल हुन्छ ।’

गहिरो छानविन गर्न कांग्रेसको माग

झापा प्रहरीले बुधबार साँझ जारी गरेको प्रेस नोटमा पहिचान खुल्न नसकेको पशु चौपायाको मासु टुक्रा पारेको अवस्थामा फेला पारिएको भनिएको छ । प्रहरी चौकी, टाघनडुब्बाबाट प्रहरी निरीक्षक सन्दिप बोगटी र सशस्त्र प्रहरी बलबाट निरीक्षककै नेतृत्वमा टोली गएको थियो ।

पक्राउ परेका दुई जनालाई जिल्ला लैजाने क्रममा स्थानीय मुस्लिम समुदायले विरोध जनाएका थिए । कामटोलीमा अभियुक्तलाई ल्याउने क्रममा स्थानीय अवरोध गरेपछि स्थिति तनावपूर्ण भएको थियो । त्यसक्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।

सामान्य स्थितिमा सशस्त्र प्रहरीले गोली चलाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि घटनाको पृष्ठभूमि सुसंस्कृत नभए पनि पूर्वसजगता नअपनाउँदा गम्भिर क्षति भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्, ‘गोली चल्नु र चलाउनु नै पर्ने स्थितिको तर्कमा नपुग्न पूर्वसजगता नराख्दा गम्भीर क्षति भएको छ । गहिरो छानविनको माग गर्दछु ।’

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...