जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

 एजेन्सी
                       

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन्।

उनले बिरामी भएपछि आफ्नो पदावधि सकिनु एक वर्ष बाँकी रहँदा नै शुक्रबार राजीनामा दिएका हुन्।

समाचार संस्था रोयटर्सका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।

‘मैले जनताको लागि राम्रा निर्णय गर्न सकिनँ भने म प्रधानमन्त्री बन्न सक्दिनँ। मैले पदबाट राजीनामा दिने निर्णय गरिसकें,’उनले पत्रकार सम्मेलनमा भने ।

पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको थियो।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए।

आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री आबेले रगत बान्ता गर्ने गरेको हल्ला चलेको थियो।

पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको थियो।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...