आईपीएललाई झट्का : फेरी अर्को कम्पनीले साथ छोड्यो

 एजेन्सी
                       

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को मिति नजिकिदै गर्दा आईपीएललाई फेरी एक कम्पनीले साथ छोडेको छ ।

यसअघि मुख्य प्रायोजन गर्दै आएको चिनियाँ मोबाइल कम्पनी भिभोले मुख्य प्रायोजन गर्नबाट हात उठाएको केहि हप्ता पछि अहिले एसोसियट प्रायोजक फ्युचर ग्रुपले पनि प्रायोजन नगर्ने घोषणा गरेको छ ।

पछिल्लो पाँच वर्ष देखि फ्युचर ग्रुप आईपीएलसँग जोडिएको थियो । योसँगै भर्खरै मुख्य प्रायोजन खोजेको बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई ) लाई फेरी अर्को कसरत गर्न पर्ने भएको छ ।

मुख्य प्रायोजन गर्दै आएको भिभोले साथ छोडेपछि अहिले भारतको अग्रणी गेमिङ फ्यान्टसी कम्पनी ड्रीम-११ आईपीएलसँग २ सय ३२ करोडमा जोडिएको छ ।

ठूलो रकमसहित आईपीएलसँग जोडिएको भिभोले पछिल्लो समय भारत र चीनबीच सिमा विवाद जारी रहँदा भारतमा चिनियाँ विरोधी जनलहरसँगै चिनियाँ सामाग्री प्रयोगमा नल्याउने अभियान चल्दै गर्दा त्यसैलाई मध्यनजर गर्दै आपसी समझदारीमा साथ छोडेको थियो।

भारतीय संचारमाध्यमका अनुसार माहोल ठिक भएको खण्डमा भिभो पुन : आईपीएलसँग जोडिने उत्तिकै सम्भावना रहेको छ । त्यसकारण बिसीसीआईले ड्रीम-११ सँग यहीँ वर्षको लागि मात्र सम्झौता गरेको छ । यदि भिभो फर्किन चाहेमा ड्रीम-११ को विदाई हुने छ । भिभो जोडिन नआएको खण्डमा भने ड्रीम-११ ले नै निरन्तरता पाउँने छ ।

यता यस संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ । प्रतियोगितालाई लिएर तयारी पनि तीब्र गतिमा अहिले जारी रहेको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...