शनिबार, १३ भदौ, २०७७ बिहानको ०६:३८ बजे,
लिम्बुवान खबर
काठमाडौं । हिजोआजको व्यस्त जीवनशैलीमा खानाको ठेगान नहुँदा नै धेरैमा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । ग्यास्ट्रिक रोग अहिले नेपालीको साझा रोग जस्तै बनिसकेको छ । ग्यास्ट्रिकबाहेक एसीडीटी, अपच, कब्जियत आदि पनि अहिले सामान्य बन्न लागिसकेको छ ।
यस्ता समस्या समाधानको लागि नियमित औषधि सेवन गर्नु पनि महँगो साबित हुन लागिसकेको छ । तर यसको लागि योग सहज तरिकाले यी समस्याको समाधानको एउटा विकल्प बन्न सक्छ ।
योगमा विभिन्न आसनहरू हुन्छन् । जुन स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधानको लागि उपयोगी हुन सक्छ । तीमध्ये पेटको समस्याको लागि उपयोगी मानिने विभिन्न आसनहरूको व्याख्या तल गरिएको छ ।
पवनमुक्तासन
पेटको समस्याबाट राहत पाउनको लागि योगासनमध्ये यो आसन उपयोगी हुने बताइन्छ । यो आसनले ग्यास्ट्रिक र पेट भारी हुने समस्यालाई समाधान गर्ने गर्छ । यो आसनमा नियमित योग गर्दा शरीरमा शक्ति प्राप्त हुन्छ । दिमाग शान्त रहने र दिनभरि शरीरमा ऊर्जा प्रदान गर्न पनि यो आसन उपयोगी हुने उनी बताउँछन् । यसले मेरुदण्डलाई बलियो र लचिलो बनाउनमा मद्दत गर्छ ।
कसरी गर्ने यो आसन ?
–म्याटमा हात र खुट्टा फिँजाएर उत्तानो परेर सुत्ने ।
–लामो सास तान्ने र छाड्ने ।
– बिस्तारै खुट्टालाई घुँडाबाट खुम्याउने र घुँडालाई छातीतर्फ ल्याउने ।
–घुँडालाई छातीमाथि ल्याएपछि हातले घुँडालाई समाएर बिस्तारै मुन्टो पनि माथि उठाउने ।
– यही अवस्थामा केही सेकेण्डका लागि सास फेर्नुहोस् ।
– त्यसपछि बिस्तारै सास छोडेर बिस्तारै हात र खुट्टालाई पुरानै अवस्थामा पुर्याउनुहोस् । दैनिक आठ–दशचोटि यो आसन गर्ने प्रयास गर्नुहोस् ।
उत्तानसाना
यो आसन पेटको दुखाइबाट राहत पाउनको लागि गर्ने गरिन्छ । यसले टाउकोमा सहज रक्तसञ्चारको लागि सहयोग गर्ने गर्छ । यो आसनले पनि दिमागलाई शान्त बनाउन मद्दत गर्छ । टाउको दुख्ने, अनिद्राको समस्या आदि समाधानमा पनि यो सहायकसिद्ध हुन्छ । यस आसनमा टाउकोलाई खुट्टाको भागसम्म पुर्याउने गरिन्छ ।
जसले गर्दा पेटको मांसपेशीको मालिस हुन्छ र पाचन प्रणालीमा सुधार हुन्छ । यदि कसैलाई कम्मर र जोर्नीेसम्बन्धी समस्या छ भने, यो आसन नगर्दा राम्रो हुने योग गुरुहरू बताउँछन् ।
योग गर्ने विधि
– सर्वप्रथम सिधा उभिनुहोस् ।
– हातलाई कम्मरमा राख्नुहोस् ।
– बिस्तारै अगाडि झुनुहोस् ।
– शरीरलाई यसरी झुकाउनुहोस् कि दुवै हातहरूले भूमि छुन सक्छन् । यदि यसमा कठिनाइ छ भने घुँडालाई अलिकति मोड्न सकिन्छ ।
–हातलाई खुट्टाको दाहिनेतिर लैजानुहोस् ।
– एक मिनेटसम्म यही आसनमा रहनुहोस् ।
उत्तानपादना
यो आसनले ग्यास्ट्रिक, कब्जियत आदि कम गर्न सहयोग पुर्याउँछ । यसले पेटको बोसो पनि कम गर्छ । शरीरको पछाडिपट्टिको दुखाइलाई कम गर्न पनि यो आसन उपयोगी रहेको मानिन्छ ।
योग गर्ने तरिका
– सुरुमा उत्तानो परेर सुत्नुहोस् ।
– लामो सास फेर्नुहोस् ।
– दुवै हातको हत्केलालाई भुइँमा राख्नुहोस् र खुट्टा सिधा बनाउनुहोस् ।
– बिस्तारै एउटा खुट्टालाई माथि उठाउनुहोस् । यदि सास रोक्न गाह्रो भइरहेको छ भने बीचैमा सास फेर्न पनि सकिन्छ ।
–यस स्थितिमा करिब ३० सेकेन्डदेखि १ मिनेटसम्म बस्नुहोस् ।
– फेरि खुट्टालाई बिस्तारै भुइँमा सुताएर राख्नुहोस् ।
अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...
धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...
बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...
चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...