शनिबार, १३ भदौ, २०७७ बिहानको ०६:३८ बजे,
लिम्बुवान खबर
काठमाडौं । हिजोआजको व्यस्त जीवनशैलीमा खानाको ठेगान नहुँदा नै धेरैमा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । ग्यास्ट्रिक रोग अहिले नेपालीको साझा रोग जस्तै बनिसकेको छ । ग्यास्ट्रिकबाहेक एसीडीटी, अपच, कब्जियत आदि पनि अहिले सामान्य बन्न लागिसकेको छ ।
यस्ता समस्या समाधानको लागि नियमित औषधि सेवन गर्नु पनि महँगो साबित हुन लागिसकेको छ । तर यसको लागि योग सहज तरिकाले यी समस्याको समाधानको एउटा विकल्प बन्न सक्छ ।
योगमा विभिन्न आसनहरू हुन्छन् । जुन स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधानको लागि उपयोगी हुन सक्छ । तीमध्ये पेटको समस्याको लागि उपयोगी मानिने विभिन्न आसनहरूको व्याख्या तल गरिएको छ ।
पवनमुक्तासन
पेटको समस्याबाट राहत पाउनको लागि योगासनमध्ये यो आसन उपयोगी हुने बताइन्छ । यो आसनले ग्यास्ट्रिक र पेट भारी हुने समस्यालाई समाधान गर्ने गर्छ । यो आसनमा नियमित योग गर्दा शरीरमा शक्ति प्राप्त हुन्छ । दिमाग शान्त रहने र दिनभरि शरीरमा ऊर्जा प्रदान गर्न पनि यो आसन उपयोगी हुने उनी बताउँछन् । यसले मेरुदण्डलाई बलियो र लचिलो बनाउनमा मद्दत गर्छ ।
कसरी गर्ने यो आसन ?
–म्याटमा हात र खुट्टा फिँजाएर उत्तानो परेर सुत्ने ।
–लामो सास तान्ने र छाड्ने ।
– बिस्तारै खुट्टालाई घुँडाबाट खुम्याउने र घुँडालाई छातीतर्फ ल्याउने ।
–घुँडालाई छातीमाथि ल्याएपछि हातले घुँडालाई समाएर बिस्तारै मुन्टो पनि माथि उठाउने ।
– यही अवस्थामा केही सेकेण्डका लागि सास फेर्नुहोस् ।
– त्यसपछि बिस्तारै सास छोडेर बिस्तारै हात र खुट्टालाई पुरानै अवस्थामा पुर्याउनुहोस् । दैनिक आठ–दशचोटि यो आसन गर्ने प्रयास गर्नुहोस् ।
उत्तानसाना
यो आसन पेटको दुखाइबाट राहत पाउनको लागि गर्ने गरिन्छ । यसले टाउकोमा सहज रक्तसञ्चारको लागि सहयोग गर्ने गर्छ । यो आसनले पनि दिमागलाई शान्त बनाउन मद्दत गर्छ । टाउको दुख्ने, अनिद्राको समस्या आदि समाधानमा पनि यो सहायकसिद्ध हुन्छ । यस आसनमा टाउकोलाई खुट्टाको भागसम्म पुर्याउने गरिन्छ ।
जसले गर्दा पेटको मांसपेशीको मालिस हुन्छ र पाचन प्रणालीमा सुधार हुन्छ । यदि कसैलाई कम्मर र जोर्नीेसम्बन्धी समस्या छ भने, यो आसन नगर्दा राम्रो हुने योग गुरुहरू बताउँछन् ।
योग गर्ने विधि
– सर्वप्रथम सिधा उभिनुहोस् ।
– हातलाई कम्मरमा राख्नुहोस् ।
– बिस्तारै अगाडि झुनुहोस् ।
– शरीरलाई यसरी झुकाउनुहोस् कि दुवै हातहरूले भूमि छुन सक्छन् । यदि यसमा कठिनाइ छ भने घुँडालाई अलिकति मोड्न सकिन्छ ।
–हातलाई खुट्टाको दाहिनेतिर लैजानुहोस् ।
– एक मिनेटसम्म यही आसनमा रहनुहोस् ।
उत्तानपादना
यो आसनले ग्यास्ट्रिक, कब्जियत आदि कम गर्न सहयोग पुर्याउँछ । यसले पेटको बोसो पनि कम गर्छ । शरीरको पछाडिपट्टिको दुखाइलाई कम गर्न पनि यो आसन उपयोगी रहेको मानिन्छ ।
योग गर्ने तरिका
– सुरुमा उत्तानो परेर सुत्नुहोस् ।
– लामो सास फेर्नुहोस् ।
– दुवै हातको हत्केलालाई भुइँमा राख्नुहोस् र खुट्टा सिधा बनाउनुहोस् ।
– बिस्तारै एउटा खुट्टालाई माथि उठाउनुहोस् । यदि सास रोक्न गाह्रो भइरहेको छ भने बीचैमा सास फेर्न पनि सकिन्छ ।
–यस स्थितिमा करिब ३० सेकेन्डदेखि १ मिनेटसम्म बस्नुहोस् ।
– फेरि खुट्टालाई बिस्तारै भुइँमा सुताएर राख्नुहोस् ।
झापा, दमक, ३० वैशाख । बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे । चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका...
ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् । पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास...
काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...
मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...