दमक उद्योग बाणिज्य संघले कोरोना जाँचका लागि पिसिआर मेसिन दमकमा नै ल्याउन पहल गर्ने

 लिम्बुवान खबर
                       

दमक/ दमक उद्योग बाणिज्य संघले दमकमा नै कोरोना जाँचका लागि पीसीआर मेसिन ल्याउनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्ययन तथा आवश्यक प्रक्रियाका लागि संघका पुर्व अध्यक्ष प्रकाश प्रशाईको संयोजकत्वमा समिति बनाएको छ । पीसीआर मेसिन सञ्चालनको बिषयमा अध्ययन गरेर समितिले सुझाव दिने जनाईएको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार शनिवार बसेको बैठकले यस बिषयमा निर्णय गरेको हो । यस क्षेत्रमा समेत कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दिनानुदिन बढी रहेको र समुदाय स्तरमा समेत संक्रमण फैलिन थाली सकेको हुँदा दमक क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको परिक्षण गर्ने पीसीआर मेशिन नभएका कारण परिक्षणका लागि दमक बाहिर पठाउनु पर्ने भएकोले समयमा रिपोर्ट आउन समेत ढिला सुस्ति हुँदै आएको छ ।

यसले समस्या उत्पन्न भएकाे कारण हालको समस्यालाई मध्यजनर गर्दै स्थानियवासीहरुको सुविधालाई ध्यानमा राखि यस संघको अगुवाईमा १ थान पीसीआर मेशिन खरिद गरि संचालनमा ल्याउनकालागि यस संघका पुर्व अध्यक्ष प्रकास प्रसाईकाे संयोजकत्वमा ९ सदस्यीय पीसीआर मेसिन खरिद तथा संचालनका लागि अध्ययन समिति गठन गर्ने निर्णय भएको छ, -श्रेष्ठले भने ।

दमकमा ब्यवसायीहरुलाई समेत कोरोना संक्रमण देखिदै आएको छ । स्थानीय सरकार तथा यहाँका संघसंस्थाहरुसंग समेत समन्वय गरेर अघि बढ्ने र दमकबासीको स्वास्थ्य सुरक्षाका लागि गम्भिर भएर चाँडोभन्दा चाँडो यस बिषयमा आफुहरुले काम शुरु गर्ने संयोजक प्रसाईले बताएका छन् । प्रसाई दमकमा ब्यवसायीहरूका  लाेकप्रिय नेता तथा सामाजिक अगुवा समेत हुन् ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...