दमक उद्योग बाणिज्य संघले कोरोना जाँचका लागि पिसिआर मेसिन दमकमा नै ल्याउन पहल गर्ने

 लिम्बुवान खबर
                       

दमक/ दमक उद्योग बाणिज्य संघले दमकमा नै कोरोना जाँचका लागि पीसीआर मेसिन ल्याउनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्ययन तथा आवश्यक प्रक्रियाका लागि संघका पुर्व अध्यक्ष प्रकाश प्रशाईको संयोजकत्वमा समिति बनाएको छ । पीसीआर मेसिन सञ्चालनको बिषयमा अध्ययन गरेर समितिले सुझाव दिने जनाईएको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार शनिवार बसेको बैठकले यस बिषयमा निर्णय गरेको हो । यस क्षेत्रमा समेत कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दिनानुदिन बढी रहेको र समुदाय स्तरमा समेत संक्रमण फैलिन थाली सकेको हुँदा दमक क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको परिक्षण गर्ने पीसीआर मेशिन नभएका कारण परिक्षणका लागि दमक बाहिर पठाउनु पर्ने भएकोले समयमा रिपोर्ट आउन समेत ढिला सुस्ति हुँदै आएको छ ।

यसले समस्या उत्पन्न भएकाे कारण हालको समस्यालाई मध्यजनर गर्दै स्थानियवासीहरुको सुविधालाई ध्यानमा राखि यस संघको अगुवाईमा १ थान पीसीआर मेशिन खरिद गरि संचालनमा ल्याउनकालागि यस संघका पुर्व अध्यक्ष प्रकास प्रसाईकाे संयोजकत्वमा ९ सदस्यीय पीसीआर मेसिन खरिद तथा संचालनका लागि अध्ययन समिति गठन गर्ने निर्णय भएको छ, -श्रेष्ठले भने ।

दमकमा ब्यवसायीहरुलाई समेत कोरोना संक्रमण देखिदै आएको छ । स्थानीय सरकार तथा यहाँका संघसंस्थाहरुसंग समेत समन्वय गरेर अघि बढ्ने र दमकबासीको स्वास्थ्य सुरक्षाका लागि गम्भिर भएर चाँडोभन्दा चाँडो यस बिषयमा आफुहरुले काम शुरु गर्ने संयोजक प्रसाईले बताएका छन् । प्रसाई दमकमा ब्यवसायीहरूका  लाेकप्रिय नेता तथा सामाजिक अगुवा समेत हुन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...