दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९७ पुग्यो

 लिम्बुवान खबर
                       

दमक/ झापाको दमक नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी, सरकारी कर्मचारी तथा लघुबत्त कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको २ सय स्वाव परीक्षणको नमुनामा थप १६ जनामा कोरोना पोजेटिभ आएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराइले बताए ।

दमकमा समुदायमा कोरोना संक्रमण देखिदै आएको छ । नेगेटिभको नतिजा एकदिन अघि आएपनि पोजेटिभ देखिएका नतिजा भने ढिला आउने गरेको छ । शुक्रबार २४ वटा नतिजा होल्ड भएकामा विहान थप ८ वटा नेगेटिभ आएको थियो ।

याे सँगै दमकमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । दमकबाट सातामा दूई पटक मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाईदै आएको नगरपालिकाले जनाएको छ । पिसिआर जाँचको दायरा बढाउनका लागि नगरपालिकालाई जन दबाब पनि पर्दै गएको छ । दिनप्रति दिन काेराेना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय चिन्तीत भएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...