
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको छ । आइतबार क्यानले पूर्व कप्तान पारस खड्काको सम्मानमा सो जर्सी तत्काल कुनै पनि खेलाडीले नलगाउने निर्णय गरेको हो ।
७७ नम्बर जर्सी पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो । नेपाली क्रिकेटमा पूर्व कप्तान खड्काको महत्वपूर्ण योगदानलाई उच्च सम्मान गर्दै यो जर्सी तत्काल नेपाली खेलाडीलाई प्रयोग गर्न नदिने निर्णय गरेको सचिव अशोक प्याकुरेलले जानकारी दिएका छन् ।
पूर्व कप्तान खड्काले हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । (फाइल तस्वीर)