बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा पुगेको छ । आज (मंगलबार) राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली साँझ हवाईमार्गबाट पोखरा पुगेको हो ।

भोलि (बुधबार) देखि दुई सातासम्म पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुने एन्फाले जनाएको छ ।

नेपालले आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा हुने साफ च्याम्पियन खेल्ने तयारीको लागि बन्द प्रशिक्षण हुन लागेको हो । टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलगायतले स्वागत खेलाडीहरुलाई स्वागत गरेका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडीहरु रहेको एन्फाले जनाएको छ ।

खेलाडीहरुलाई टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउने छन् । राजधानी बाहिर पर्यटकीय शहर पोखरामा सञ्चालन हुने प्रशिक्षणले खेलाडीलाई शारीरिक र मानसिकरुपमा तयार बन्न र उच्चस्तरको खेल प्रतिभा देखाउन सक्षम बनाउने विश्वास लिइएको एन्फाले जनाएको छ । टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेल मैदान र सहारा एकेडेमीको मैदानमा समेत अभ्यास गर्ने जनाइएको छ ।

यसअघि पनि सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको प्रतियोगिता खेल्नु अघि गत वर्ष माघमा तीन साता राष्ट्रिय टोलीको पोखरामा बन्द प्रशिक्षण सञ्चालन भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...