पाँच उत्कृष्ट लिम्बु कथा(खेदा)हरुले जिते पुरस्कार

 लिम्बुवान न्युज
                       

ललितपुर। ‘प्रथम अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा प्रतियोगिता २०७८’बाट उत्कृष्ट पाँच लिम्बू कथा (खेदा)हरुले पुरस्कार जितेका छन् ।

शनिबार ललितपुरस्थित चुम्लुङ्हिमको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्र कर्मि संघ) को ११औँ स्थापना दिवसको अवसरमा वितरण गरिएको हो ।

चोक सयङको आयोजनामा आयोजित उक्त कथा प्रतियोगितामा १३ कथाहरूमध्ये पाँच कथाहरुलाइ उत्कृष्ट कथाको रुपमा छानिएको थियो ।

कथाकारहरु मलिसा याक्थुङ्बाको “सिङ्ठुटा”, प्रेम ओझाको “मनहाङमा”, छत्रमान सुब्बाको “मानगेन्ना”, जानू काम्बाङको “एक आदिम घरको कथा” र सेसेहाङ फियाकको “पिफ्युङ” ले पुरस्कार हात पारेका थिए ।

प्रतियोगिताद्वारा छानिएका कथाहरु ’लिम्बू स्टोरी बैंक’ मा जम्मा गरि उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्ने अध्यक्ष सुर्यप्रकाश चेम्जोङले बताए । ११औँ स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम, आदिवासी जनजाति चलचित्र महासंघ अध्यक्ष अमृत सुनुवार, लिम्बू साँस्कृतिक परिषदका अध्यक्ष गोबिन्द आङ्बुङ, फक्ताङ्लुङ सयका अध्यक्ष भवानीविक्रम सम्बाहाम्फे र पान्थर काठमाडौ कलाकार मञ्चका महासचिव दिनेश लिङ्देन लगायतले शुभकामना राखेका थिए ।

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...