अल्ट्रा म्याराथुन धावक राईलाई सुरुङ्गामा सम्मान

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। झापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन धावक विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका छन् ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, कनकाई भ्याट्रन क्लव, मदन भण्डारी स्पोर्टस एकाडेमी लगायत विभिन्न संघसंस्थाहरुले दोसल्ला ओढाएर सम्मान पत्र सहित विशेष सम्मान गरेका हुन् ।

भोजपुरको दुम्मा ५ मा बुबा सुकबहादुर र आमा मम्फारानी राईकी छोरीको रुपमा मिरा राईको जन्म भएको हो । उनी सानै उमेरदेखि नै खेलकुदका क्षेत्रमा रुची राख्ने राईले अल्ट्रा दौड शुरु गरेको २ वर्षमै सफलताको शिखरमा पुगेकी हुन् । हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्विट्जरल्याण्ड, ईटाली लगायतका देशहरुमा अल्ट्रा दौडमा भाग लिएर विश्व चेम्पियन बनिसकेकी छन् ।

कार्यक्रममा सम्बोधन गर्र्दै विश्व विजेता राईले विश्वकै उकालो ओरालोमा गरिने यो दौडबाट आफ्नो प्रतिभा देखाउँने अवसर प्राप्त भएकोमा आँफैलाई गौरव लागेको बताइन् । उनले खेलाडीलाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने गरीको कार्यक्रम ल्याउँन सरकारलाई अपिल समेत गरेकी छन् ।

कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि १ नं प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले दोसल्ला ओढाएर सम्मानपत्र सहित धावक राईलाई सम्मान गरिएको प्रतिष्ठानका सचिव विनोद रानामगरले बताए ।

सम्मान कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, सुरुङ्गा खानेपानी संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी लगायतले देशका यस्ता प्रतिभालाई सरकारका तर्फबाट महत्वका साथ हौसला प्रदान गर्नु पर्नेमा जोड दिएका छन् ।

अनमिनबाट माओवादी सेनाको अयोग्य लडाकुमा परेपछि राई सुरुङ्गामै आफन्तको घरमा बसी लामो समय कनकाई माविको खेल मैदानमै अभ्यास समेत गरेकी थिएन । माओवादी जन सेनामा उमेरका कारण अनमिनले भर्ना नलिएकी राई विश्व च्याम्पियान बन्न पुगिन ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...