एमालेमा १० बुँदे सहमति कार्यान्वयन, मंसिर १० देखि १२ सम्ममा दशौं महाधिवेशन गर्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ८ भदौं । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । अब भने पूर्वप्रधानमन्त्री मावधकुमार नेपालको साथ छोडेका असन्तुष्ट दश स्थायी कमिटी नेताहरुसहित बसेको बैठकले दश बुँदे कार्यान्वयन गर्ने निर्णय भएको हो ।

स्थायी कमिटी बैठकले आगामी मंसिर १० देखि १२सम्मा दशौं महाधिवेशन निर्णय गरेको छ । त्यसैगरी असोज ४ देखि ६ सम्ममा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाइने र सदस्यता नवीकरण असोज मसान्तभित्र गरि सक्ने निर्णय भएको जनाएको छ ।

एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा नै फर्किएको स्रोतले बताएको छ । दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

एमालेले आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निर्णय गरेको छ । साथै, भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने तथा भदौ १० गते केन्द्रीय कमिटीको बोलाउने निर्णय भएको छ ।

 

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...