माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई दलको दर्ता निर्वाचन आयोगमा सनाखत

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ९ भदौ ।  माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रिया अन्तर्गत निर्वाचन आयोगमा आज सनाखत गर्ने काम सकिएको छ ।

राजनीतिक दल सम्बन्धी शेरबहादुर देउवा गठबन्धनको सरकारले ल्याएको अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा नयाँ दल दर्ताको प्रमाणपत्र आयोगले दिनेछ ।

दल दर्ता प्रक्रियामा प्राविधिक समस्या नआएको खण्डमा आयोगले आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने जनाएको छ ।

स्रोतको अनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको हो यद्यपी निर्वाचन आयोगका अधिकारीहरुबाट आधिकारिक निर्णय आएको छैन ।

यसअघि नेकपा एमालेबाट अलग भई पूर्वप्रधानमन्त्री नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अलग भएका ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

दुई नयाँ दल दर्ता गर्न उनीहरुले दिएको निवेदनअनुसार निर्वाचन आयोगले आज सनाखत गर्न दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...