जसपाले शुरू गर्याे अभिमुखीकरण कार्यक्रम

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विराटनगरमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । आइतबार जसपा प्रदेश नं. १ को आयोजनामा पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो देशको राष्ट्रघाती भएको बताए । विराटनगरको माडवाडी सेवा समितिको भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली राष्ट्रघाती भएको जिकीर गरेका हुन् ।

यादवले भने –‘ओली राष्ट्रवादी होइनन्, नक्कली राष्ट्रबादीको खोल ओडेर जनतालाई झुक्याएर, छक्काउने र भ्रममा पारिरहन्छन् । त्यसैले म भन्छु, –‘केपी जतिको राष्ट्रघाती कोही पनि देखिन ।’

कार्यक्रममा अन्य वक्ताहरु बरिष्ठ नेता अशोक राई, त्यसैगरी कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, शुसिला श्रेष्ठ, पर्शुराम खापुङ र रकम चेम्जोङ् लगायतका नेताहरुले सम्बोधन गरेको प्रदेश नं. १ का कार्यालय सचिव कमन देवानले बताए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...