निर्देशक सागर केरुङ् सम्मानित

 लिम्बुवान न्युज
                       

ललितपुर, १४ भदौ । चलचित्र निर्देशक सागर केरूङलाई सम्मान गरिएको छ । ललितपुरस्थित कुखुरी काँ रेष्टुरेन्टमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (NIFF) मा केरुङको चलचित्र ‘के’ ले उत्कृष्ट कथाको अवार्ड जितेको थियो ।

सोही अवसरमा किरात याक्थुङ चुम्लुङ, हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फङ्वा र कियाचु हङकङका सांस्कृतिक विभाग अध्यक्ष लोक आङबुहाङसँग मुन्चइत चोक सयङले भेटघाट कार्यक्रम गरेको थियो ।

कार्यक्रममा गीतकार मीना सिंगक, कियाचुका सचिव तथा कलाकार यासेली योङहाङ, गायक तथा संगीतकार गायक मोनी ताम्लिङ, निर्देशक हाङ चेम्जोङ, गायक संगीतकार राजशुक्र लिम्बू, पुष्पाञ्जली तिल्लिङ, निर्देशक रवि सेर्मा, कलाकार कृष्णराज नेम्बाङ, प्रभु कुरुम्बाङलगायतको उपस्थिति थियो ।

बहुप्रतिभाका धनी केरुङ् फिल्म निर्देशक मात्र नभई साहित्यकार, सर्जक, लेखक, कथा, गीत र लिम्बु भाषा साहित्यमा दखल राख्ने गर्छन् । पहिचान पक्षमा राम्रो वकालत गर्न सक्ने क्षमताका धनी केरुङ्लाई पूर्वमा नचिन्ने कमै मात्र होलान भन्दा फरक नपर्ला ।

सम्बन्धित समाचार

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...

देशभर मनसुनी वायु प्रभाव यथावतः आज कहाँ–कहाँ पानी पर्छ ?

ललितपुर, १७ असोज । देशभर मनुसनी वायु प्रभाव अझै यथावत रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार देशको सात वटै प्रदेशहरुमा साधारणतया मौसम बदली रहने जनाएको...