शान्ति, सुशासन, विकास र समृद्धिको मार्गचित्र

,   लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

लामो बलिदानी सङ्घर्ष पछी नेपालमा लोकतन्त्र संस्थागत भएको छ।नेपालको संविधान २०७२ ले नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीय संरचना, कानुनी राज्य,प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिलाएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनले २००७ साल देखि २०७७ सालसम्म आई पुग्दा धेरै आरोह–अवरोहको सामना गर्नु पर्यो । राणा शासनको विरुद्धको आन्दोलनमा राणा, राजा र दलहरु बीच मित्र राष्ट्र भारतको दिल्लीमा भएको बृहत शान्ति सहमति देखि २०६२÷६३ को जनआन्दोलनको समयमा नेपाली राजनैतिक दल, माओबादी पार्टी र नेपाल सरकार बीच भएको ऐतिहासिक बृहत शान्ति सम्झौतासम्म आइपुग्दा नेपालको शान्ति प्रक्रियामा मित्रराष्ट्र भारतको भूमिका निर्णायक र प्रसंसनीय रही आयको प्रष्ट हुन्छ । नेपालले प्रजातान्त्रिक आन्दोलन मार्फत शान्ति स्थापनाको लागि गरेको योगदान, भूमिका र गृहकार्यको प्रयास र प्रगतिले ७० वर्ष पार गरिसकेको छ ।

लामो बलिदानी सङ्घर्षबाट आएको उपलब्धिलाई रक्षा गर्दै नेपालको बृहत्तर विकासमा जुट्ने समयको खोजी गर्दा गर्दै एक शताब्दी बितिसकेको छ । स्थायी शान्ति, सुशासन, विकास, अग्रगमन, समानुपातिक सहभागिता र प्राकृतिक श्रोत साधनमाथिको न्यायोचित वितरणको वैज्ञानिक व्यवस्थापनले स्थायी शान्ति लाई मार्गनिर्देश गर्छ ।

नेपालको स्थायी शान्ति, सुशासन र अग्रगमनमा चुनौती देखिनुमा देशको भूगोल र जनसंख्याको अनुपातमा वैज्ञानिक योजना तर्जुमा हुन नसक्नु नै मुख्य कारण हो । नेपालको तराई क्षेत्रमा जति बाक्लो र घना आबादी छ त्यति बाक्लो र घना आबादी पहाड र हिमालमा छैन । भौगोलिक विकटताका हिसाबले तराईमा जति सहज र सरल सुविधा अन्य क्षेत्रमा छैन ।

नेपालको तराई क्षेत्र अन्न उत्पादन र उद्योग धन्दाको लागि भण्डार नै हो । भू राजनैतिक दृष्टिकोणले पनि अन्य क्षेत्र भन्दा तराई बढी संवेदनशील र चुनौतीपूर्ण रहेको छ । पूर्वको झापा देखि पश्चिमको कञ्चनपुरसम्म नेपालको अधिकांस सिमाना भारतको विभिन्न राज्यसँग जोडिएको छ ।

नेपालको तराईमा बस्ने जातजाति, भाषाभाषी र सम्प्रदायका मानिसहरु र भारतको तराई क्षेत्रमा बसोबास गर्ने जातजाति, भाषाभाषीको, संस्कृति, परम्परा, भाषा, चाडपर्व र रीतिरिवाज प्राय मिल्दो जुल्दो नै छ । खुल्ला सीमाना र आदिम सम्बन्धको कारणले दुई देशका नागरिक बीचको रिस्ता पौराणिक छ । यो पौराणिक सम्बन्ध र रिस्तालाई ०७८ सालको ऋषितर्पणी पूर्णिमा मा नेपालका चेलीले भारतका सुरक्षाकर्मीलाई र भारतका चेलीले नेपालका सुरक्षाकर्मीलाई बाधिदिएको राखी बन्दनले अझ बलियो बनाउने काम गरेको छ ।

राखी बन्दनको राखिले भाइचारा र मायाको बन्धनलाई अझ कसिलो र दर्विलो बनाउन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइ वाले लाई प्रधानमन्त्री की पत्नी डा आरजू देउवा ले बाधिदिएको राखी बन्दनले हाम्रो सम्बन्ध लाई झनै बलियो बनाउन सहयोग पुगेको छ।

नेपाल ले शान्तिको लागि गरिरहेका हरेक क्रियाकलाप मा नेपालको तराई क्षेत्रलाई बढी प्राथमिकतामा राख्नु पर्ने हुन्छ।तराई क्षेत्र त्यस्तो क्षेत्र हो जुन क्षेत्र भारतको तराई मधेस सँग जोडिएको छ।यो तराई क्षेत्रमा घना आबादी र खुल्ला सीमानाका कारणले शान्ति सुरक्षा कायम गर्न थप चुनौती हुने गरेको छ।तराई क्षेत्रमा खुल्ला सीमानाका कारण नेपाल र भारतका विभिन्न ठाउँहरुमा आपराधिक गतिविधिमा संलग्न अपराधीहरूले लुक्ने छिप्ने स्थलको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । भारतको विभिन्न क्षेत्रमा आतङ्क मच्चाउने आतङ्ककारी समूहले नेपालको तराई मधेश क्षेत्रमा लुक्ने सेल्टर बनाउन सक्ने र ती आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा समुहले नेपालका नागरिकलाई पनि आफ्नो समुहमा संलग्न गराउन सक्ने सम्भावना रहेकोले तराई मधेसका नेपाली नागरिकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्ग चित्रमा अर्थपुर्ण सहभागिता गराउनु पर्ने हुन्छ ।

विश्व रंगमञ्चमा आएको राजनैतिक उथलपुथलको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने सम्भावना हुन्छ । दक्षिण पूर्व एशिया म्यानमार र अफगानिस्तानमा आएको राजनैतिक परिवर्तनको कारण धेरै म्यानमार र अफगानिस्तानका शरणार्थी नेपालको तराईमा आउन सक्ने उनीहरूले आफ्नो सङ्गठन विस्तारमा नेपालीलाई पनि सहभागी गराउन सक्ने सम्भाबना हुन सक्छ जुन नेपाल र भारतको दिगो शान्ति र विकासको लागि थप चुनौती थपिन सक्ने ठूलो सम्भावना छ । नेपालको तराई क्षेत्रमा हुने गलत गतिविधिले नेपालको शान्तिलाई प्रत्यक्ष प्रभाव पार्छ भने भारतलाई पनि परोक्ष असर पार्ने हुन्छ । त्यसैले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि देशका आदिबासी जनजाति, मधेसी, दलित र उत्पीडीत वर्गलाई विकासको मूलधारमा ल्याउनका लागि उनीहरुलाई अर्थपूर्ण उपस्थिति र सहभागिता गराउनु अत्यन्त जरुरी हुन्छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;