झापा इक्यानले मनायो २५औं बार्षिकोत्सव

 लिम्बुवान न्युज
                       

विर्तामोड, १५ भदौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । आइतबार सामाजिक काम गर्दै इक्यान झापाले २५औं वार्षिकोत्सव मनाएको हो ।

इक्यान झापाले बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै रजत महोत्सव मनाएको छ । इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष मिलन ओली, सचिव मदन बुढाथोकी, कोषाध्यक्ष राज कार्की, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, रियल वल्र्डका सञ्चालक राज मुखियाले इक्यानले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताए । उनीहरुले आश्रमका बालबालिकालाई इक्यानको तर्फबाट गर्ने शैक्षिक सहयोग निःशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

इक्यानले शैक्षिक परामर्शका साथै स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारीका साथै सहयोग गर्दै आएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष पाण्डेले झापामा इक्यानले सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै इक्यान झापाको प्रशंसा गरे ।

कोरोना कहरका कारण शैक्षिक परामर्श अन्तर्गत सञ्चालित कन्सल्टेन्सीहरु लामो समयदेखि बन्द हुँदा कन्सल्टेन्सी व्यवसाय धरासायी बन्न पुगेको झापा अध्यक्ष जमरकट्टेलले बताए । अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्दै रजत महोत्सव मनाउन पाउँदा खुशी लागेको इक्यान झापाका सचिव बुढाथोकी बताए ।

आश्रममा दश बालक र आठ बालिका गरी १८ जना बालबालिका रहेका छन् । उनीहरुलाई इक्यान झापाले १५ हजार बराबरको खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गरेको छ । आश्रममा रहेका बाललबालिकाहरु बिर्तामोडका विभिन्न निजी विद्यालयमा निःशुल्क रुपमा अध्ययन गर्दै आएको आश्रमका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

झापा, इलाम, तेह्रथुम, मोरङ लगायतका जिल्लाबाट ल्याइएका बालबालिकाहरु आश्रममा रहेका छन् । आमाबुबा नभएका तथा कोही आफन्त नभएका बालबालिकालाई आश्रमले पालनपोषण र उचित शिक्षादिक्षा दिँदै आएको अध्यक्ष पोखरेलले बताए । कार्यक्रमको सञ्चालन अतिरिक्त विभाग प्रमुख सापकोटाले गरेको इक्यान) झापाका प्रेस संयोजक नरेन्द्र ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...