तमाेर करिडाेर कालाे पत्रे हुने

 लिम्बुवान न्युज
                       

आर्थिक र रणनैतिक महत्वको सडकको रुपमा लिइएको चतरा–मुलघाट–सुभाङखोला– गणेश चोक सडक (तमोर करिडोर) लाई कालोपत्रे गर्नका लागि ठेक्का खुलेको छ।

पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।

अहिले मुलघाटदेखि भेडेटार  हुँदै धरान जाने सडक मुख्य रुपमा प्रयोगमा आएको छ। ग्राबेल स्तरको सडक बनेसँगै तराई र अन्य जिल्ला जान छिटो सडकको रुपमा प्रयोगमा आइरहेको थियो। दुई खण्डमा कालोपत्रे गर्ने गरी ५ अर्ब ७६ करोडमा ठेक्का खुलेको हो। विभिन्न हिसाबले महत्पूर्ण मानिएको सडकको कालोपत्रे गर्नका लागि ठेक्का खुलेको नेपालीले जानकारी दिए।

‘तमोरको किनारै किनार बन्ने डबल लेनको यो सडक नेपालकै नमुना सडक बन्ने छ’ नेपालीले भने। ‘पूर्वी पहाडलाई तराई जोड्ने छोटो सडक हुनुका साथै आर्थिक हिसाबले पनि यो महत्वपूर्ण छ।’ एक महिना भित्रमा आवेदन गर्ने गरी ठेक्काको सूचना निकालिएको छ। आसपाल प्रविधिको कालोपत्रे गर्ने गरि ठेक्का खुलाइएको छ। यो खण्डमा पर्ने ८ वटा पुलमध्ये ७ वटाको ठेक्का लागि सकेको नेपालीले जानकारी दिए।

चतरादेखि गणेशचोक १ सय ५८ किलोमीटर रहेको छ। मुलघाटदेखि चतरा खण्डको भने कालोपत्रेको ठेक्का खुलेको छैन। पाँचथरको सुभाङखोलादेखि तमोर करिडोर ताप्लेजुङको टिप्लतासम्मका लागि अघि बढ्छ। टिप्तला नेपाल–चिन सिमानामा पर्छ। यो सडक सम्पन्न हुनेहो भने उत्तर–दक्षिणी छोड्ने छोटो सडक बन्ने छ। टिप्तलादेखि रानीभन्सार ३ सय किलोमीटर रहेको छ।

चतरा–गणेशचोक खण्डको सडक ग्राबेल स्तरको बनेपछि यहाँ चहलपहल बढ्दै गएको थियो। धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका बासिन्दाका लागि यो सडक महत्वपूर्ण मानिन्छ। सडकले प्रदेश र संघीय राजधानी, ठूला अस्पताल भएको ठाँउ जाने बाटो छोटिएको छ। यो सडकको ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाख मा ठेक्का लागेको थियो। केही ठाउँ रुट परिवर्तन हुँदा लागत केही बढेको बताइएको छ। (नागरिक खबरबाट)

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...