बुबाकाे हत्यारा छाेरा पक्राउ

 लिम्बुवान न्युज
                       

तेह्रथुम/ आफ्नै बाबुलाई फलामको मुस्लीले हिर्काएर हत्या गर्ने तेह्रथुमका एक युवक पक्राउ परेका छन । हत्यापछि फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी मंगलबार राती पक्राउ परेका हुन् ।

उनले सोही दिन बिहान बाबु ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि घाईते बनाएर फरार भएका थिए । घाईते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा बिहान सवा ७ बजे मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका टंक बहादुरलाई प्रहरीले राती साढे ९ बजे तेह्रथुमको म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपास एरियाबाट पक्राउ गर्न सफल भएको हो । उनीमाथी मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा तेह्रथुम जिल्ला अदालतबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...