लिम्बुवान, किरात प्रदेश नामाङकन विषयक अन्तरक्रिया हुने

 लिम्बुवान न्युज
                       

दमक, १८ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को नामाङ्कन लिम्बवान, किरात विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । समितिको मंगलबार विराटनगरमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

समितिले विहीबार विराटनगरस्थित नमस्कार रिजेन्सी होटलको सभाहलमा प्रदेशका मन्त्री, प्रदेश सदस्य, बुद्धिजिवी, संघर्ष समितिमा आबद्ध ३५ घटकका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिने किरात याक्थुङ् चुम्लुङ्का महासचिव निरन्ती तुम्बापोले बताइन् ।

प्रदेश नं. १ को नामाकरण विषय पेचिलो बन्दै गइरहेको बेला सडकमा कियाचूको समन्वयमा संगठित भएको समितिले गत ५ गते देखि प्रदेशको राजधानी विराटनगरमा विरोध सभा, ¥याली र धर्ना कार्यक्रम निरन्तर जारी राखेको छ । पहिचान र भूगोल तथा ऐतिहासिकताको आधारमा सबै जाती वर्गलाई समेट्ने गरी प्रदेशको नाम लिम्बुवान, किरात राख्नु पर्ने माग राख्दै आन्दोलन जारी राखेको छ ।

वि.सं. १८३१ साउन २२ को लिम्बुवान, गोर्खा सन्धीलाई मान्ने हो भने आजभन्दा अढाईसय बर्ष अघि इतिहासलाई मान्ने हो भने पहिचानको आधारमा नामाङ्कन गर्ने आधार प्रदेश नं. १ मा भएको हुँदा अहिलेलाई प्रदेश सदस्यहरुले लिम्बुवान, किरात नामाङ्न नै उपयुक्त भएको आन्दोलनकारीहरुको जिकीर रहेको छ ।

आन्दोनकारीहरुले प्रदेशको नामाङ्कन लिम्बुवान, किरात नभएमा देशमा स्थायी शान्ति र अमनचयन नहुने मात्र होइन देश द्वन्द्वतर्फ धकेलिने समेत चेतावनी दिएका छन् ।

 

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...