जसपा दमक नगरकाे कार्यालय उद्घाट्नकाे अवसरमा रक्तदान कार्यक्रम

 लिम्बुवान न्युज
                       

दमक, २० साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) दमक नगर समितिले शुक्रबार पार्टी कार्यालय उद्घाटन गरेको छ ।

जसपाका राजनीतिक समिति सदस्य एवम् प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले दमक नगर पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा चाम्लिङसहित जसपा प्रदेश नं १ सदस्य पदमकुमारी राई (लिम्बू), समाजवादी विद्यार्थी युनियनका उप–महासचिव दिनेश दंगाल, ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य कुलबहादुर तामाङ (अनिल), झापा जिल्ला अध्यक्ष मिलन योगी, जसपाबाट निर्वाचित दमक १० का वडा सदस्यद्वय भूमिका आचार्य र रेनुका दर्जी, दमक १० का जसपा वडा अध्यक्ष तोर्ण भट्टराईलगायत नेताहरुको सहभागिता रहेको जसपा दमक नगर अध्यक्ष खेम दाहालले जानकारी दिए ।

जसपा क्षेत्र नम्बर ५ (ख) का अध्यक्ष दिपक न्यौपानेले स्वागत गरेको कार्यक्रममा जसपा दमक सचिव सुनिल राईको सञ्चालन रहेको थियो ।

सोही अवसरमा जसपा दमक नगर समितिले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी शिक्षक संघका उप–महासचिव प्रकाश सुवेदीलगायत अधिकांश विद्यार्थीहरुले रक्तदान गरेका समाजवादी विद्यार्थी युनियन दमक क्याम्पस इकाई अध्यक्ष दिपक लिम्बूले बताए ।

दमक रेडक्रस सोसाइटी उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको उपशाखाका रक्त सञ्चार प्रयोगशाला प्रमुख सिद्धार्थ दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...