साउन २२ गते प्रदेश १ को संसद सचिवालय भनवमा संघर्ष समितिको पुनः धर्ना

 लिम्बुवान न्युज
                       

विराटनगर, २० साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धर्ना कार्यक्रम जारी रहेको छ । प्रदेश १ को नामाङ्कन पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश हुनु पर्छ भनेर विभिन्न ३५ वटा दल र संघ संस्थाहरु जोडिएर बनेको संघर्ष समितिले धर्ना जारी राखेको हो ।

किरात याक्थुङ चुम्लुङ् प्रदेश समितिको समन्वयमा बनेको संघर्ष समितिले गत साउन ५ गते देखि प्रदेशको राजधानी विराटनगर केन्द्रित चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अघि बढाएको छ । सात वटा प्रदेशहरु मध्ये ६ वटा प्रदेशको नामाकरण भइसकेको अवस्थामा प्रदेश नं. १ को नाममात्र बाँकी रहेसँगै नामाकरणको मुद्दा पेचिलो बन्दै गएको हो ।

अढाई सय बर्षको लामो इतिहास, भूगोल, सभ्यता, सस्कृति लगायत सबै हिसाबले पनि प्रदेश नंं १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात निर्विकल्प रहेको भन्दै आन्दोलन कहि न कहिबाट उठेको प्रदेश १ मा भूगोलको आधारमा अथवा खोलानालाको नाम राखेर अधिकार माग्ने जनताहरुको अग्राअधिकारमाथि एकात्मक राज्यसत्ताका नायकहरु लागेकोमा आन्दोलनमा रहेका दलहरु त्यसको विरोध स्वरुप सडकमा आएको बताएका छन् ।

पहिचानलाई मेटेर नामाकरण गरिए आन्दोलन अझ भयावह भएर अघि बढ्ने उनीहरुले चेतावनी दिएका छन् । ०६२/०६३ को जनआन्दोलनसँगै उठेको लिम्बुवान आन्दोलन यतिबेला निर्णायक मोडमा उभिएको छ । अरुण पूर्वका नौ जिल्लालाई एतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान राज्य हुनु पर्ने माग राख्दै १७ बर्षदेखि आन्दोलनरत दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्नो मागलाई यथावत राख्दै गर्दा प्रदेश नं. १ मा १४ वटा जिल्लाहरुलाई समावेश गरिएपछि हालको अवस्थामा लिम्बुवान, किरात प्रदेशको नामाङन नै उपयुक्त हुने भन्दै संघर्ष समितिमा आबद्ध भएर आन्दोलनमा सहभागी भएको महासचिव अशोक चेम्जोङ् बताउँछन् ।

प्रदेश नं. १ को विशिष्टा भनेकै लिम्बुवान, किरात भएको हुँदा यो बाहेकको नाममा सम्झौता हुनै नसक्ने कियाचू संघीय अध्यक्ष प्रेम येक्तेन बताउँछन् । प्रदेश सभामा पहिचान पक्षका सभा सदस्यहरु कम हुनुभएकै कारण यथास्थितिमा नामाकरण जटिल मोडमा पुगेको हुँदा सहमतिको आधारमा अथवा आन्दोलनकारीलाई सम्बोधन गर्दै गोलमेच सम्मेलन गरेर मात्र नामाकरणमा अघि बढ्नु पर्ने माग राखेका छौं उनले भने । यदि यसो नभए थप अन्दोलन शसक्त बनाएर अघि बढ्ने उनले चेतावनी दिए ।

प्रदेश सभाले यसै अधिवेशन मार्फत प्रदेशको नामाकरण टुंगो लगाउने भनी सदन चालू भएपछि संघर्ष समितिले गत साउन १० गते पहिलो, साउन १७ गते दोस्रो र साउन २२ गते तेस्रो धर्ना कार्यक्रम गर्न लागेको संघर्ष समितिले जनाएको छ । धर्नामा झापा, मोरङ, सुनसरी, इलाम र धनकुटाका हजारौं जना सहभागी भइरहेको कियाचू प्रदेश सचिव इसाकहाङ चेम्जोङ्ले जनाए । यसरी नै आगामी साउन २२ गते तेस्रो धर्नामा पनि हजारौं पहिचानवादी जनताहरु विराटनगरमा सहभागी हुने उनले भने ।

साउन २२ गते संघर्ष समितिका एक घटक राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान प्रदेश समितिले कालो दिनको रुपमा एकदिने बन्दको आव्हान गरेतापनि सो दिनको धर्ना कार्यक्रम नरोक्ने सहमति भएको कियाचू संघीय अध्यक्ष एक्तेनले लिम्बुवानखबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...