
लिम्बुवानखबर, २० साउन । निर्वाचन आयोगले एक सार्वजनिक सूचना जारी गर्दै दल दर्ताको आव्हान गरेको छ । आयोगले आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको हो ।
आयोगले यहि साउन ३१ गते भित्र दल दर्ता गर्न आव्हान गर्दै एक सूचना सार्वजनिक गरेको छ । राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुने भएपनि निर्वाचन प्रयोजनका लागि हरेक पटकको निर्वाचनमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ ।
आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन समेत माग गरेको छ ।
आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । यस्तै दल दर्ताका लागि प्रतिनिधिसभाको छुट्टै अनि प्रदेशसभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ ।
आयोगले दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत कार्यालय खुला हुने जनाएको छ ।
सूचना हेर्नुहाेस्ः
