सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       


बेलायत, २३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके तथा लिम्बुवान सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न भएको छ ।

शनिबार मञ्चका अध्यक्ष देवी बहादुर तुम्बाहाम्फे र अर्का अध्यक्ष टंक खापुङले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

साधारणसभामा मञ्चले बार्षिक सांगठानिक प्रतिवेदन तथा अर्थसचिव तिलबिक्रम तावाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनहरुलाई बहुमतले पारित गर्दै मञ्चले उठाएका मुद्दालाई साथ दिदै लिम्बुवान, किरात प्रदेश नामाकरण लगायतका मुद्दाहरुमा ऐकबद्धता व्यक्त गर्दै पार्टीलाई आगामी चुनाव अघि नै सिस्टिममा लानु पर्ने सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा देवी तुम्बााम्फे, संस्थापक नेता चुढामणी तुम्बाहाम्फे, खड्गजंग आङबुहाङ, जगत सुहाङ, राम इजम, कृष्ण लिङदेन लगायतले आआफ्ना धारणाहरु राखेका थिए ।

कार्यक्रम टंक खापुङको अध्यक्षता, जगत सुहाङको स्वागत मन्तव्यका साथै राम इजम र दिप तुम्बापोले संयुक्त रुपमा संचालन गरेका थिए ।

 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...