मधेशी दलहरु बिच ‘मधेशी गठबन्धन’को पहल

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर सम्बद्ध दाता । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ ।
मधेशकेन्द्रित राजनीतिक दलहरुबीच पनि ‘मधेशी गठबन्धन’का लागि पहल हुन थालेको छ । मधेशका शक्तिहरु एकजुट भएर चुनावमा गए मात्रै प्रदेश र संघीय सदनमा मधेशीको प्रभावकारी प्रतिनिधि हुनेछ । अन्यथा वि.सं. २०७० सालको निर्वाचनभन्दा पनि दयनीय अवस्था आउने निश्चित छ ।
महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल, डा.सीके राउतको जनमत पार्टी लगायत बीच ध्रुवीकरण हुनुपर्ने आममधेशीको चाहना रहेको छ ।
संसदमा मधेशको बलियो उपस्थितिका लागि मधेशी गठबन्धनको विकल्प नरहेको मधेशमा व्यापक चर्चाको विषय बनेको छ ।
यता, लोसपा, जसपा र जनमतबीच चुनावी तालमेल वा गठबन्धनका लागि भित्रभित्रै पहलहरु भइरहेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै र सामूहिक छलफल पनि गरेका छन् ।
लोसपा र जसपाको कडा आलोचना गर्दै आएका डा.राउतले आगामी चुनावमा तालमेल आवश्यक भएको निष्कर्ष निकालेका छन् ।
सोही अनुरुप लोसपा अध्यक्ष ठाकुर र जसपा अध्यक्ष यादवसँग सामूहिक भेटघाट गरी आगामी चुनावी रणनीतिबारे छलफल भएको बताइएको छ ।
अर्कोतिर, जसपा अहिले पाँच दलीय गठबन्धनमा छ र सो गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय नै गरिसकेको छ ।
यस्तै, लोसपाले कांग्रेससँग तालमेल गर्ने योजना बनाए पनि पाँच दलीय गठबन्धनको निर्णयले एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्थाको सिर्जना हुँदैछ ।
तर, जनमतका अध्यक्ष डा.राउत मधेशी गठबन्धनका लागि जोडबल गरिरहेका छन् । उनले मधेशमा मधेशी शक्तिबीच चुनावी सहकार्य, तालमेल वा गठबन्धन हुनुपर्ने योजनामा रहेको बुझिएको छ ।
समग्र मधेशका नागरिकको भावना पनि यहीं रहेको देखिन्छ । मधेशका बारे चिन्तन गर्नेहरु सामाजिक सञ्जालदेखि चिया गफमा पनि मधेशी गठबन्धन नै एक मात्र विकल्प रहेको चर्चा गरिरहेका छन् । (मधेशवाणीबाट)

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...