भदौं ३ र ४ गते मञ्चको प्रदेश नं. १ काे बैठक बस्दै

 लिम्बुवान न्युज
                       


दमक, २ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै चुनावमा होमिन्ने तयारी गर्दै बैठक बस्न लागेको बताइएको छ । मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुने दुवै चुनावमा पार्टी सहभागी हुने प्रष्ट पार्दै बैठक बस्न लागेको बताएका छन् ।

मञ्चको यहि भदौं ३ र ४ गते धरानस्थित हरियाली भवनमा मञ्चको संघीय समिति सदस्यहरू, प्रदेश १ समन्वय समिति र लिम्बुवान, किरात/खम्बुवान, शेर्पालुङ र दलित प्रान्तीय समितिको संयुक्त बैठक बस्न लागेको हो ।

मञ्चले ७४ को चुनावमा केन्द्रमा ३ प्रतिशत थ्रेस होल्ड कटाउन सकेन । त्यसैगरी ६ वटा प्रदेशहरुमा कुनै चुनाव जित्न नसकेपनि प्रदेश नं. १ मा समानुपातिक तर्फ १ जना सदस्य पठाएको छ । प्रदेश नं. १ मा मञ्चले प्रदेश थ्रेसहोल्ड कटाएको थियो ।

पहिचानवादी पार्टीको रुपमा २०६२ सालमा स्थापना भएको यो पार्टी निरन्तर संघीयताको पक्षमा राजनैतिक आन्दोलन गरिरहेको दल हो । संविधान पुनःलेखन गर्दै १०+१ प्रान्त निर्माण गर्नुपर्छ भन्दै चरणबद्ध आन्दोलन गरिरहेको दल यतिबेला प्रदेश नं. १ को नामाकरण सम्बन्धि आन्दोलनमा केन्द्रित भएको महासचिव अशोक चेम्जोङ् बताउँछन् । किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको मुख्य १ घटकको रुपमा मञ्च रहेको उनले बताए ।

बैठकले आगामी मंसिर ५ को चुनावमा मञ्चबाट कसरी चुनावमा सहभागी हुने भन्ने बारेमा ब्यापक छलफल गरी र निर्वाचन परिचालन समिति लगायत विभिन्न उपसमितिहरु निर्माण गरिने महासचिव चेम्जोङले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...