जनमुक्तिका संघीय अध्यक्ष पालुङ्वा चढेको जिप भेडेटारमा दुर्घटना

 लिम्बुवान न्युज
                       


धनकुटा, ७ भदौं । राष्ट्रिय जनमुक्ति पार्टीका संघिय अध्यक्ष केपी पालुङ्वा लगायत तिन नेता मंगलवार धनकुटाको भेडेटार नजिकै सवारी दुर्घटनामा परेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी संगठनमा आवद्ध कार्यकर्ताहरुलाई चुनावी प्रशिक्षण दिन ताप्लेजुङ हिंडेका अध्यक्ष पालुङ्वा, उपाध्यक्ष विधुप्रकाश कायस्थ र उप–महासचिव विष्णु थाङ्देन लिम्बु दुर्घटनामा परेका हुन् । को १ ज २५८१ नम्वरको बोलेरो जिपमा ताप्लेजुङ जाने अन्य यात्रुहरु पनि रहेका थिए ।
मंगलबार बिहान ८ः३० मा भेडेटार नजिक धरानवाट ताप्लेजुङ तर्फ जाँदै गरेको वोलेरो ब्रेक फेल भई साँगुरीगढी गाउँपालिका वडा नं.६ कोलवोटेमा दुर्घटना भएको थियो । भेडेटारवाट तिव्रगतिमा आएको वोलेरो कोलवोटेमा आएपछि अनियन्त्रित् भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको थियो । वोलेरो भित्तामा ठोकिएर सडक मै उत्तानो परेको थियो ।
बोलेरो सडकको भित्तामा नठोकिएको भए सबै यात्रु भिरमुनी पुगिने अवस्था रहेको राष्ट्रिय जनमुक्ति पार्टीको उपमहासचिव थाङ्देनले बताएका छन् । बोलेरो धरानबाट तमोर करिडोर हुँदै ताप्लेजुङ तर्फ जाने क्रममा भेडेटार नजिकै कोलवोटेको ओरालोमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि संघिय अध्यक्ष पालुङ्वाको मुखमा चोट लागेको छ भने उपाध्यक्ष विधु कायस्थको घाँटीमा र थाङ्देनको हातमा चोट लागेको बताइएको छ । दुर्घटनामा अन्य यात्रुहरु पनि घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...