प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ८७ दल सहभागी हुने

 लिम्बुवान न्युज
                       


आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा ८७ दलले सहभागिता जनाउने निश्चित भएको र त्यसमा एकल तथा संयुक्त गरी ७९ वटा चुनाव चिन्ह मतपत्रमा समेटिने जनाएको छ ।
आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त भएको उल्लेख गरेको छ ।
राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा ७९ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको कुल संख्या ८७ कायम गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन प्रयोजनका लागि प्रदेश नं. १ मा ६२ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७०, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५ कायम गरिएको छ ।
यस्तै बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६६, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६८ कायम गरिएको छ ।
यस्तै कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहने निश्चित भएको अर्यालले जनकारी दिए ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...