लिम्बुवान मञ्च पथरीशनिश्चरे १० को वडाध्यक्षमा भिमराज पंधाक निर्वाचित

 लिम्बुवान न्युज
                       


पथरीशनिश्चरे, १२ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च प्रान्तीय पथरीशनिश्चरे १० को नयाँ वडा समिति गठन भएको भएको छ । शनिबार आयोजित कार्यक्रमले भिमराज पंधाकको अध्यक्षतामा १३ सदस्यीय नर्याँ कार्य समिति चयन गरिएको हो ।

उक्त वडा गठन कार्यक्रमबाट उपाध्यक्षमा तिला लिम्बु, सचिवमा आइतबहादुर ओख्राबो, सहसचिवमा सन्तोष वनेम र अर्थसचिवमा नन्द सिरेङ चयन भएका छन् । यसरी नै सदस्यमा डिल्ली स्वोर पङयागु, भिम ब. सम्बाहाम्फे, राज नाल्बो, टीका देबि लिम्बू, अम्बिका पोमु लिम्बु, आसरानी लिबाङ, मछिन्द्र राई थुलुङ र दिल ब. ओख्राबो चयन भएका छन् ।

पथरीशनिश्चर १० भुल्केस्थित पशुपति सामुदायिक हलमा सम्पन्न कार्यक्रममा मोरङ जिल्लाका जिल्लास्तरीय र पथरी नगरका नेताहरुको उपस्थिति रहेको पथरीशनिश्चरे नगरका अध्यक्ष छत्र कुरुम्फङले लिम्बुवानखबरलाई बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...