कर्मचारीलाई राजनैतिक प्रतिशोधमा हत्वतसाही बनाएको भन्दै ज्ञापन पत्र

 लिम्बुवान न्युज
                       


छथर, १३ भदौं । छथर गाउँपालिकाको नेकपा एमाले नेतृत्वको स्थानीय सरकार निरंकुश बन्दै गएको भन्दै गठबन्धन दलले छथर गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । स्थानीय निर्वाचन पछि दोश्रो कार्यकालबाट पुनः निर्वाचित भए पश्चात झन् निरंकुश बनेको भन्दै गठबन्धनले यस कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज बाँनिया मार्फत ज्ञापनपत्र बुझाएको हो ।
आशन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचन लक्षित गरी कर्मचारी कार्य सम्पादन मुल्याङकन तथा करार अवधि नविकरण फारम भर्ने भराउने नाममा पेशा प्रति समर्पित तथा कानुन प्रति बफादार कर्मचारीहरुलाई सेवाबाट विस्थापित गरेको कार्यप्रति गठबन्धनले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गरेको संघीय लिम्बुवान प्रान्तीय मञ्चका नेता दिल पाक्सावाले बताए ।
सामुदायिक बिद्यालयमा कार्यरत अस्थाई, करार, राहत, संघ, प्रदेश तथा स्थानीय तह अनुदान शिक्षक, बाल शिक्षक, माध्यमिक अनुदान शिक्षक, बिद्यालय कर्मचारी साथै बिद्यालय सहयोगीलाई राजनैतिक प्रतिशोधको आधारमा हत्वसाहि बनाएको ज्ञापनपत्रमा उल्लेखे छ । शिक्षक कर्मचारीको विचल्लित मानसिकताका कारण सिर्जित समस्याको समाधान छथर गाउँपालिकाले लिनु पर्ने ज्ञापन पत्रमा जनाइएको छ ।
ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजबादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च छथरले संयुक्त हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...