निर्वाचन आयोगद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

 लिम्बुवान न्युज
                       

झापा, ३० साउन । रिक्त स्थानीय तहमा पद पुर्ति गरिने व्यवस्था रहेको हुँदा निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । मंगलबार आयोगले यस बर्ष नै रिक्त ३४ स्थानीय तहमा निर्वाचन गर्ने तयारी शुरु गरेको विज्ञप्ति जारी गर्दै जनाएको छ ।

आयोगले नगरपालिकाका प्रमुख र उपप्रमुख यसरी नै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष त्यसैगरी वडाध्यक्ष गरी जम्मा ३४ स्थानीय तहका पदहरु रिक्त रहेको जानाकारी प्राप्त भएको जनाएको छ । यसरी रिक्त रहेको पद एक बर्षभन्दा बढी बाँकी रहेको अवस्था रिक्त रहेको पदमा निर्वाचन हुने भएको हुँदा आयोगले सरकारसँग परामर्श शुरु गरेको हो ।

निर्वाचनको लागि मतदाता नामावली आधारभूत तत्व रहेको हुँदा मतदाता नामावली ऐन २०७१ को दफा ४(२) बमोजिम तोकिएको मितिदेखि उक्त रिक्त स्थानमा मतदाता नामावलीमा नाम दर्ता गर्ने, अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न आयोगले अनुरोध गरेको छ ।

आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको हुँदा योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता गर्न अनुरोध गरेको छ । आयोगले विविध कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका स्थानीय तहका नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आव्हान गरेको हो ।

सात प्रदेशको रिक्त रहेको ३४ वटा स्थानीय तहहरुः

प्रदेश नं. १ को सात वटा स्थानीय तह रिक्त रहेको छ । झापाको कन्काई नपा ६ को वडाध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, तेह्रथुमको लालीगुराँस नपा वडा नं. ८ को वडाध्यक्ष, सुनसरी गढी गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष, ओखलढुंगा मोलुङ गाउँपालिकाको वडा नं. ५ वडाध्यक्ष, उदयपुरको त्रियुगा नपाको वडा नं. १२ को वडाध्यक्ष र बेलका नपा वडा नंं ८ को वडाध्यक्ष पद रिक्त रहेको छ ।

मधेश प्रदेशमा चार वडा वडाका अध्यक्षहरुको पद रिक्त रहेको छ । सप्तरी जिल्लाको डाक्नेध्वरी नपा वडा नं. ४ को वडाध्यक्ष, रौतहट जिल्लाको इशनाथ नपाको वडा नं. ७ को वडाध्यक्ष, राजपुर नपा ६ को वडाध्यक्ष र गढीमाई नपा ८ को वडाध्यक्ष रिक्त रहेको छ ।

बागमती प्रदेशमा सात वटा स्थानीय तह रिक्त रहेको छ । दोलखा जिल्लाको गौरीशंक गाउँपालिका उपाध्यक्ष, काठमाडौं जिल्लाको कीर्तिपुर नपाको प्रमुख, कीर्तिपुर नपा वडा नंं १ को अध्यक्ष, कीर्तिपुर नपाको ४ नं. वडाध्यक्ष, काठमाडौं महानगर वडा नंं १६को अध्यक्ष, नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ अध्यक्ष र मकवानपुरको हेटौडा उपमहानगरको वडा नं. १२ को अध्यक्ष पद रिक्त रहेको छ ।

गण्डकी प्रदेशको गोर्खा जिल्लाको गोरखा नगरपालिका वडा नंं ५ को वडाध्यक्ष पद रिक्त रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको मुसिकोट नपाको वडा नं. १ अध्यक्ष, रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका वडा नं. ४ अध्यक्ष र बर्दिया जिल्लाको ठाकुरबाबा नपाको वडा नं. ४ को अध्यक्ष पद रिक्त रहेको छ ।

कर्णाली प्रदेशको सात स्थानीय तहको पदहरु रिक्त रहेका छन् । दैलेख जिल्लाको महाबु गाउँपालिका अध्यक्ष, दुल्लु नपाको वडा नं. १३ अध्यक्ष र कालिकोट जिल्लाको तिलागुफा नपा वडा नंं ४ को वडाध्यक्ष, जाजरकोटको नलगाड नपाको उपप्रमुख, कुशे गाउँपालिकाको वडा नंं ७ को वडाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नपाको वडा नं. ५ अध्यक्ष र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्ष पद रिक्त रहेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको पाँच वटा स्थानीय तहको पदहरु रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको वडा नं. ४ को अध्यक्ष, डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिकाको वडा नं. ६ को वडाध्यक्ष, दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा नं. ५ को अध्यक्ष र कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाको वडा नंं ६ को अध्यक्ष पद रिक्त रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...