मेयङलुङमा पालाम तथा नाँच प्रतियाेगिता सम्पन्नः फक्ताङलुङ या?राक् सयङ धरानले जित्याे प्रथम पुरस्कार

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १२ भदाैं । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच पालाम तथा धान नाँच (याःलाङ)को संरक्षण गर्ने उद्देश्यले तेह्रथुम सदरमुकाम म्याङलुङमा पालाम तथा याःलाङ  प्रतियोगिता आयोजना गरिएको छ।

‘संस्कार सँस्कृतिको प्रवर्द्धन गरौं, लिम्बू पालाम् तथा या?लाःङ्लाई संरक्षण गरौं’ भन्ने नाराकासाथ कृष्ण जन्माष्टमी तथा लाखे जात्राको अवसरमा पालाम तथा धान नाँच प्रतियोगिता सम्पन्न भएको हो।

मंगलबार राती भएको प्रतियोगितामा नौ टोलीलाई पछि पार्दै फक्ताङलुङ या?राक् सयङ धरान विजेता बनेको छ।

पछिल्लो पुस्ताले बिर्सदै लगेको याक्थुङ (लिम्बू)हरुको संस्कृतिक धान नाँचको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको पालाम तथा याःलाङ प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार पताङवाले बताए।

याक्थुङ (लिम्बू) समाजमा मेला, बजार, विवाह जस्ता उस्ता उत्सव र अन्य कार्यहरुमा साइनो नलाग्ने तरुनी–तन्नेरी हात समाएर पालाम गाउँदै धान नाच्ने परम्परा छ। पछिल्लो समय युवा पुस्तामा हस्तान्तरण हुन नसक्दा धान नाच र धान नाचमा गाइने पालाम लोप हुने अवस्थामा पुगेको छ।

लिम्बुवान क्षेत्रमा परापूर्वकालदेखि याक्थुङ (लिम्बू) समुदायले धान नाच र पालामको संरक्षणकै लागि नगरपालिकाले प्रोत्साहन स्वरुप प्रतियोगिता सञ्चालन गर्न बजेट छुट्याएको म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताए। जिल्लाभित्र र बाहिरका गरी धाननाच प्रतियोगिताका सहभागि टोलीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न म्याङलुङ नगरपालिकाले यस वर्ष १ लाख ५० हजार रुपैंयाँ रकम विनियोजन गरेको नगरप्रमुख तुम्बाहाम्फेले बताए।

पश्चिमा संस्कृतिको प्रभाव र अन्य विभिन्न कारणले धान नाच र पालाम पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसकेको प्रतियोगिताका सहभागि छथर गाउँपालिका–२ का थानाहाङ तिगेलाले बताए। ‘पालामको भाकाहरु धेरै हुन्छन्, सुख–दुखका कार्यहरु र मेला बजारमा गाइने पालामका शब्दहरु फरक हुन्छन्’ तिगेलाले भने ‘पालामको भाका नै फरक–फरक हुने भएकाले पनि पछिल्ला युवा पुस्ताहरुले टिप्न नसकेका हुन्।’

यसरी आयोजना गरिने प्रतियोगितामा पालाममा अब्बल कलाकारहरु टाढा–टाढाबाट समेत आएर गाउँदा नयाँ पुस्ताले सिक्ने मौका पाउने धाननाच कार्यक्रमलाई अवलोकन गरिरहेकी म्याङलुङ–१ की कुमारी लिम्बुले बताइन्।

आफ्नो टिम विजेता बनेसँगै उत्साहित भएकी, विजेता टिम फक्ताङलुङ या?राक् सयङ धरानकी सदस्य राधा फोम्बोले प्रतियोगिताकै लागि आफ्नो जन्मस्थल समेत रहेको तेह्रथुम ३० वर्षपछि आएको बताइन्। प्रतियोगिताकै लागि यतिका बर्षपछि आफ्नो गृहजिल्ला आउन पाउँदा फोम्बोले खुसी व्यक्त गरिन् ।

धाननाच प्रतियोगिताकै लागि धरानबाटै आएका अर्का तेह्रथुमकै जानुका श्रेष्ठले धान नाचले नाच मात्रै होइन पुराना धान नाच्ने साथीहरुलाई समेत भेट गराइदिएको र आफ्नो गाउँठाउँको मेलामा आउँदा पुराना दिन सम्झेर आफू रोमाञ्चित भएको बताइन्। आधुनिक जीवनशैलीले एउटै घरका सदस्यहरुलाई टाढा–टाढा बनाइरहँदा यस्ता संस्कार र सँस्कृतिले भाइचारा र भातृत्वको भावनालाई बलियो बनाउने श्रेष्ठको भनाई छ। आफू नेवार समुदायको भए पनि साथीसंगीको संगतले वैंशमा मेला हाट भर्ने क्रममा पालाम र धान नाच्न सिकेको श्रेष्ठले पालामप्रति आफ्नो बाल्यकाल र युवाकालसंगको साइनो रहेको बताइन्। श्रेष्ठले पालामहरु समेत रेकर्ड गराएकी छन् ।

उमेरमा मेला हाटमा गाएर हिंड्दा सिकेको पालाम अहिले यसरी हुने प्रतियोगितामा प्रस्तुत गर्ने अवसर पाउँदा खुसी लागेको अर्का प्रतियोगी बिर्तामोड या?राक् सयङ समूह, झापाकी सदस्य दुर्गा इङनामले बताइन्। यसरी गरिने प्रतियोगिताले याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच र पालामको उन्नयनमा सहयोग पुगेको इङ्नामकाे भनाई छ। उनको समूह प्रतियोगितामा तृतीय बन्यो।

धान नाँच बारे जानकारहरुका अनुसार धाँन नाचको मुन्धुमी आख्यान निकै रोचक छ। मुन्धुम अनुसार परापूर्वकालमा फाङ्भङ्ना नामको चराले घैया धानको बीउ उनीहरुलाई धपाउन नमिल्ने सर्तमा मानिसहरुलाई ल्याएर दिन्छ। त्यसपछि मानिसहरु कृषि युगमा प्रवेश गर्छन्। पछि मानिसहरुले लगाएको बालिहरु दिनहुँ चराहरुले खाइदिन थालेपछि पाकेको धान एकै ठाउँमा भेला गरेर मानिसहरु भेला भई सामूहिक रुपमा वरिपरि घेरा हालेर एक–अर्काको हात समाएर घुम्दै हा.. हा.. भन्दै धान कुल्चिन् थाल्छन्। धान माडेर भण्डार गर्छन्।

चराहरुबाट अन्न जोगाउन मानिसहरुले अपनाएको यहीँ जुक्ति या?लाक् (धान कुल्चनु) को विकसित रुप नै या?लाङ् (धान नाच) भएको जानकारहरु बताउछन्। त्यस्तै चरा धपाउन उनीहरुले प्रयोग गरेको हा .. हा .. बाटै पालाम्को पनि जन्म भएको भनाई छ ।

नगरपालिकाले बुधबार विजेता र उपविजेताहरूलाइ नगद सहित पुरस्कार वितरण गरेकाे छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...