३१औँ विश्व आदिवासी दिवस काठमाडौ भृकुटीमण्डपमा मनाइयो

 लिम्बुवान न्युज
                       

काठमाडौँ, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले भोलिको आदिवासीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । विश्व सूचना प्रविधिको तीव्र विकासले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र चर्चा भएको सन्दर्भमा मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।

३१औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आज काठमाडौँमा आयोजना गरेको विशेष मूल समारोहलाई सम्बोधन गर्दै समयअनुसार आदिवासीले आफ्ना सन्ततिलाई विश्वमा चर्चामा रहेका विषयको अध्ययन अनुसन्धानमा लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बदलिँदो प्रविधिको विकासमा हामीले हाम्रा सन्ततिलाई लगाउनुपर्‍यो ।’
विश्वका अन्य मुलुकको तुलनामा नेपालका आदिवासी जनजातिले धेरै अधिकार प्राप्त गरेपनि अझै थुप्रै अधिकार प्राप्त गर्न बाँकी रहेको बताउनुभयो । ‘२०७२ साल असोज ३ गते संघीय नेपालको संविधान जारी भएपछि नेपालका आदिवासीको मातृभाषाले पनि राष्ट्रिय भाषाको मान्यता प्राप्त गर्‍यो’, मन्त्री गुरुङले भन्नुभयो, ‘यो हामी आदिवासीको ठूलो उपलब्धि हो । जसका कारण आज थुप्रै मातृभाषा स्थानीय तहमा सरकारी कामकाजको भाषाको रूपमा लागू भएका छन् ।’

अहिले राज्यले आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने गरेको भन्दै त्यो अझै पर्याप्त नभएको उहाँले बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले स्वायत्तताको,स्वशासनको अधिकार हामीले खोजेको भन्दै स्थानीय तह/प्रदेशलाई आफैँले नीति तथा कार्यक्रम, बजेट, ऐन-कानुन बनाउने, स्वशासनको अधिकार दिइएको बताउनुभयो । ‘हामी आदिवासीले धेरै उपलब्धि हासिल गरेका छौँ । तर, त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
आदिवासीको पहिचान भनेको भाषा, संस्कार,संस्कृति, भेसभुसा, प्रथा जनित नियम कानुन भएको भन्दै उहाँले त्यसको संरक्षण नभएमा आदिवासीको पहिचान मेटिने बताउनुभयो । ‘आफ्नो पहिचानमा गर्व गर्नुस् । आफ्नो घरमा छोराछोरीलाई भाषा सिकाउनुस् । कतिपय कानुन अझैपनि बनेका छैनन्’, मन्त्री गुरुङले भन्नुभयो, ‘हामीले आदिवासीको अधिकारका लागि छुट्टै मन्त्रालय । छुट्टै विश्वविद्यालयको माग गर्‍यौँ । तर केही मात्रै प्राप्त भएको छ ।’
मन्त्री गुरुङले आदिवासी आयोग, जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ भनेर राखेको माग पूरा भएपनि अझैपनि थुप्रै अधिकार प्राप्त हुन बाँकी रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय फोरमहरूमा प्रतिनिधित्व गर्दा आफ्ना कुरा स्पष्ट रूपमा राख्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ठूला आयोजना आउन थालेपछि नेपालमा आदिवासीहरू विस्थापित हुने अवस्था आएको बताउनुभयो । ‘हाम्रा चौरी खर्च, भेँडी खर्कहरूबाट आदिवासी विस्थापित हुनुपर्‍यो’, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्जका नाममा राज्यले आदिवासीको भूमि खोस्यो । आदिवासी आफ्नो थातथलो छाडेर विस्थापित हुन बाध्य भए ।’
अध्यक्ष शेर्पाले अधिकार प्राप्तिका लागि पुनः लड्नुपर्ने बेला बताउँदै संविधान संशोधन गर्दा पहिचानको अधिकार कटौती गरेमा आदिवासी जनजातिको समर्थन नरहने बताउनुभयो । पछिल्लो समय निजामती ऐन, शिक्षा ऐन, भूमि ऐन सम्बन्धी विधेयकमा आएका आदिवासी विरोधी प्रावधान सच्याउन महासंघले पहल गरिरहेको उहाँले बताउनुभयो ।
हरेक वर्ष अगस्ट ८ का दिन विश्वासका आदिवासी समुदायले विश्व आदिवासी दिवस मनाउँदै आएका छन् । यश वर्ष “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आइएलओ-१६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नारासहित नेपालमा यश वर्षको विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा पूर्व मन्त्रीहरू शेरबहादुर तामाङ, सीता गुरुङ, थममाया थापामगर, सांसदहरू सुरेश आलेमगर, दुर्गा राई, नेफिनका पूर्व अध्यक्ष पासाङ शेर्पा, संविधानसभाका सदस्य जिपछिरिङ लामा, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारलगायतले आदिवासीको अधिकार प्राप्तिका लागि एक हुनुपर्ने बताएका थिए ।
त्यस अवसरमा चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र आदिवासी जनजाति वकिलहरूको समूह (लाहुर्निप)लाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने, महासचिव दिवस राई र उपमहासचिव रामकृष्ण लामा ब्लोनले कार्यक्रमको सहजीकरण गरेका थिए ।
मूल समारोह सुरु हुनुअघि आदिवासी समुदायका विभिन्न जातजातिले विभिन्न झाँकीसहितको र्‍याली प्रदर्शन गरिएको थियो ।

आज देशको विभिन्न स्थान र विदेशमा पनि दिवसलाई भब्यरुपमा मनाईएको नेफिनले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...