पहिचान पुरस्कारबाट लावती पुरस्कृत

 लिम्बुवान न्युज
                       

  • सेसेहाङ चाेडबाङ

दमक, २८ साउन ।  दमकमा रहेर अढाइ दशकदेखि पत्रकारिता गरिरहेका लिम्बुवानखबर डटकमका प्रधानसम्पादक दिलकुमार लावती पहिचान पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

मंगलबार धरानमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)प्रदेश समितिले सस्थाको २६औं स्थापना दिवसको अवसरमा लावती सहित २ जना पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हाे ।

लावतीसँगै भोजपुरकी शारदा तामाङलाई साे प्रदान गरिएकाे थियाे । पुरस्कृत द्वयलाइ नगद १० हजार छब्बिस रूपैयाँ राशीकाे पुरस्कार, दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे हो ।

लावती २०५७ सालमा युगान्तर सन्देश मासिक पत्रिका हुँदै विभिन्न मिडियामा अाबद्ध भइ हाल २०७७ सालदेखि लिम्बुवानखबर अनलाइन न्यूज पाेटलकाे संचालत तथा प्रधान सम्पादक हुन् । पहिचान, संघीयता, धर्मनिरपेक्षता, स्वायत्ता र अादिवासी अधिकारप्रति बढि कृयासिल लावती प्रदेश नंं १ काे नाे काेशी अान्दाेलन र मुक्कुमलुङमा नाे केवलकार लगायत सबै खाले अान्दाेलनहरूमा सरिक भइ रिपाेर्टिङ् गरेर पहिचानकाे अावाज शसक्त उठाउने पत्रकारकाे रूपमा चिनिन्छन् ।  यसैगरी तामाङ भाेजपुरकी स्थापित पत्रकार हुन् । उनी रेडियाे, टेलिभिजन लगायत विभिन्न मिडियमा अाबद्ध रहेकी छन् ।

प्रदेश १ का अग्रज पत्रकारहरूकाे उपस्थितिमा अायाेजित कार्यक्रममा फाेनिज संघीय समिति, राइ पत्रकार र लिम्बु पत्रकार संघमा निर्वाचित पदाधिकारी तथा समितिहरूलाइ समेत सम्मान गरिएकाे थियाे । कार्यक्रम फाेनिज प्रदेश १ का अध्यक्ष विजयबाेध लावतीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...