जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच कार्यगत एकता

 लिम्बुवान न्युज
                       

ललितपुर, २९ साउन । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच यी दुई दलले एकता उन्मुख कार्यगत एकता गरेका हुन् ।

जसपाका अध्यक्ष अशोक राई र रामुपा, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरेका छन् । कार्यगत एकताको घोषणा गर्दै दुई अध्यक्षले हस्ताक्षर गरेका छन् ।

राई उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका हुन भन महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएर हालैमात्र आफ्नो अध्यक्षतामा पार्टी गठन गरेका थिए ।

नेपालको संविधान अपूर्ण, पहिचान विरोधी र विभेदकारी रहेको भन्दै त्यसलाई संशोधन, पुनःलेखन तथा परिमार्जनका लागि संयुक्त रूपमा आन्दोलन गर्ने सहमति दुवै दलले गरेका छन् ।

त्यसका लागि दुवै दलले सरकार, संसद र सडक तीनवटै क्षेत्रबाट दबाबमूलक कार्यक्रम गर्ने सहमति भएको स्रोतले जनाएको छ । दुवै दल सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक न्यायसहितको राज्य व्यवस्था स्थापनाका लागि सक्रिय रहने बताइएको छ ।

साथै संघीयता र लोकतन्त्रलाई सुदृढ गर्दै बहुजातीय तथा बहुल राष्ट्रिय राज्य निर्माणका लागि दुवै पार्टी अगाडि बढ्ने निर्णय समेत भएको जसपाका एक नताले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...