मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्छ

 लिम्बुवान न्युज
                       

ललितपुर, २ भदाैं । मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनुपर्नेमा मुन्धुम विज्ञहरुलेमा जोड दिएका छन् । काठमाडौंमा याक्थुङ नेम्वाङ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मुन्धुममा थेबा माङको सान्दर्भिकताबाारे विज्ञहरुले धारणा राखेका हुन् ।

बक्ताहरुले मुन्धुमको महत्वबारे प्रकाश पार्दै यसको संरक्षण र विस्तारका लागि नयाँ पुस्तालाई समेत संलग्न गराउनुपर्ने बताए ।
मुन्धुमविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकूलपति तिलविक्रम नेम्वाङ “वैरागी काइँला”ले थेबा माङलाई मुन्धुमको ज्ञान र संस्कारसँग जोडिएको मूल आधारका रूपमा व्याख्या गरे । उनले यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै अमर तुम्याङ, येहाङ लावती, अर्जुन नुगो, नवीन लिङ्देन र मुन्धुम लिम्बुले मुन्धुमबारे जागरण फैलाउनुपर्नेमा जोड दिएका थिए ।

यस्ता कार्यक्रमले मुन्धुम र थेबा माङको महत्वबारे सरोकारवालाबीच साझा दृष्टिकोण बनाउन मद्दत गर्ने अपेक्षा लिइएको आयोजक याक्थुङ नेम्वाङ समाजले जनाएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...