माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्दैः एकजना सहजकर्ता नियुक्ति गर्ने तयारी हुँदै

 लिम्बुवान न्युज
                       

दमक, २ भदाैं । इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । प्रदेश नं. १ सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनमा ल्याउने तयारी भइरहेकाे बेला पालिकाले लिम्बू भाषालाई कामकाजीको भाषाको रुपमा प्रयोगमा ल्याउन लागेको हो ।

पालिका अध्यक्ष हेमन्त राईका अनुसार माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा कार्यान्वयनका लागि एकजना भाषिक सहजकर्ता (सहायक पाँचौ तह) नियुक्त गर्ने तयारी भएकाे बताउनु भयाे ।

पालिकाले यसका लागि आवेदन आह्वान गर्दा ६ जनाले आवेदन दिएका छन् । आउने भदौ ४ गते (बुधबार) छनौट परीक्षा सञ्चालन गरी नियुक्ति गरिने गाउँपालिकाले जनाएको छ  ।

माङसेबुङले ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५’ र ‘माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४’ अनुसार भाषिक सहजकर्ता नियुक्त गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताउनु भयाे ।

प्रशासकीय अधिकृतका अनुसार  भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।

कर्मचारी नियक्ति भएपछि गाउँपालिकाभित्र औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई कामकाजी भाषा घोषणा गरिने अध्यक्ष राईले बताउनु भयाे । नेपालमै पहिलो पटक माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाइ कामकाजी प्रयोगमा ल्याउन लागिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार १६ हजार ८ सय १० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई समुदाय बसोबास गर्छन् । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं. वडा कार्यालयमा लिम्बू भाषालाई कामकाजी घोषणा गरी लागू गरिसकिएको । त्यसै वडामा २०७६ मा एक जना भाषिक सहजकर्ता (सहायक चौथो तह) नियुक्त गरिएको थियो ।

लिम्बू भाषा लेखनमा भने किरात सिरिजङ्गा लिपिको प्रयोग गरिने पालिकाका उपाध्यक्ष विनाेद नेम्बाङले बताउनु भयाे । पालिकाकाे हरेक वडाहरकाे वाेर्ड लगायतमा समेत किरात सिरिजंगा लिपि लेखिने उपाध्यक्ष नेम्बाङले बताउनु भयाे ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...