केर्खामा समावेशी महिला शसक्तिकरणको तिज विशेष कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

  • बसन्त राज सुब्बा

कमल, ११ भदौं/ झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा हिन्दु नेपाली महिलाहरुको हरितालिका तीज भव्य मनाएको छ । मंगलबार समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजनामा हरके बर्ष मनाउदै आएको तिज विशेष कार्यक्रम यस वर्ष पनि शुभकामना आदान प्रदानका साथै नाचगान गर्दै मनाइएको हो ।

तिज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तिज मनाउने गरिन्छ । तिजको अघिल्लो रात द्वितियाको दिन दर खाने गरिन्छ । तिजको दिन व्रत बस्ने परम्परा रहेको छ । चौथीका दिन स्नान गरी ब्रतको पारण खाने गरिन्छ भने तिजको तेस्रो दिन अर्थात ऋषिपञ्चमीको दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपान गरी स्नान गर्छन् ।

अपमार्ग लेपनले छालामा हुने चिलाउने हटाउने विश्वास छ । पञ्चमीको दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदिग्न तथा वशिष्ठ ऋषिको पूजाआजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलोको तरकारी खाइन्छ । त्यो दिन श्रीमानले पकाएको खाना खाए आपसी आत्मीयता एवम् सद्भाव बढ्ने विश्वास पनि गरिन्छ ।

केन्द्रकी अध्यक्ष पुर्ण कुमारी देवानको अध्यक्षता तथा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख अतिथ्यतामा भएको तिज विशेष कार्यक्रममा विशिष्ट अतिथि कमल वार्ड ३ अध्यक्ष अग्नि प्रसाद कोइराला त्यसैगरी विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी, किर्तन मण्डलीका प्रतिनिधी पत्रकार स्थानीयबासी लगायतको उपस्थितीमा तिज विशेष कार्यक्रम मनाएको हो ।

प्रमुख अतिथि कमल गा.पा उपाध्यक्ष प्रर्मिला तिवारीले हरेक वर्ष झैँ यस बर्ष पनि यो पर्व हर्सोल्लासका साथ सम्पन्न गरेकोमा संस्थालाई धन्यवाद दिएकी थिइन् भने पालिकाको तर्फबाट शुभकामना समेत दिएकी थिइन् ।

केन्द्रकी सहसचिव देवि माया नेपालले सन्चालन गरेको कार्यक्रममा सस्थाकी सदस्य सृजना ढकालले उपस्थित दिदीबहिनीहरुलाई स्वागत गर्नु भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...