फाक्फाेकथुममा भूमिसम्बन्धी समस्या समाधानका लागि भदाैं १३ गतेबाट आवेदन संकलन सुरु

 लिम्बुवान न्युज
                       

दमक, १२ भदाैं । नेपाल सरकार अन्तर्गत भूमिसम्बन्धी समस्या समाधान आयोग, इलामका अध्यक्ष प्रकाश अधिकारी नेतृत्वको टोली फाकफोकथुम गाउँपालिकामा पुगेको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको अध्यक्षतामा आयोगको टोली र गाउँपालिमा टिमबीच संयुक्त विशेष बैठक सम्पन्न भएको हो।

बिहिबार बसेकाे बैठककाे निर्णय अनुसार अबको १५ दिनभित्र  पालिकाकाे ७ वटै वडाका नागरिकहरूबाट आवेदन फाराम संकलन गरिनेछ। उक्त कार्य भदौ १३ गतेबाट सुरु भइ १५ दिनभित्र संकलन गरिसक्न सबै वडा कार्यालयहरूलाई आवश्यक निर्देशन जारी गरिने पालिकाले जनाएकाे छ ।

सरकारको यो अभियान जग्गाविहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबास तथा अव्यवस्थित जग्गा प्रयोगकर्ताहरूलाई व्यवस्थित गर्दै धनीपुर्जा प्रदान गर्ने अन्तिम अवसर हो।

पालिका अध्यक्ष खनालले सम्पूर्ण फाकफोकथुमवासीलाई आफ्नो वडा कार्यालयमा पुगेर समयमै आवेदन फाराम भर्न अनुरोध गरेका छन् । सरकारले दिएको यो अवसर गुम्न नदिनुहोला भन्ने सन्देश कार्यपालिकाले स्पष्ट रूपमा दिएको छ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष अधिकारीले पनि फाकफोकथुमवासीलाई यो अभियानप्रति सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । उहाँले भने, “सरकारले अन्तिम पटक जग्गा व्यवस्था गर्ने अभियान सञ्चालन गरेको हो । यो ऐतिहासिक अवसर हो, जसको लाभ सबै सरोकारवालाले लिनुपर्छ।”

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...