यायोक्खा काठमाडौं अध्यक्षमा जीवन कुमार राई निर्वाचित

 लिम्बुवान न्युज
                       


ललितपुर, १५ भदौं । किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाडौंको १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको समितिको १२औं अधिवेशनबाट जीवनकुमार राईको अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

शुक्रबार यायोक्खा संघीय अध्यक्ष जिवन हाताछो राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमबाट समितिको उपाध्यक्षहरुमा शशीकला राई र समिल राई सचिवमा निला राई, सहसचिवहरुमा मनोज राई, कर्णबहादुर राई, कोषाध्यक्षमा टंकराम राई र सह–कोषाध्यक्षमा दीपा देवान राईलाई जिम्मेवारी दिइएको छ ।

यस्तै उक्त अधिवेशनबाट सदस्यहरुमा तेज बान्तावा राई , मनकुमारी राई, बिन्दा राई, जस बहादुर राई, तृष्णा देवान राई, मिना राई, डिल्ली कुमार राई, प्रसन राई, सविता राई र प्रगती राई निर्वाचित भएका छन् ।

प्रमुख अतिथि हताछो राईले नव निर्वाचित समितिलाई खदा ओडाई सम्मान गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...