सहारा नेपालको नेतृत्व चयन ,अध्यक्षमा पुनः गिरी

 लिम्बुवान खबर
                       

       अध्यक्षाः भरतकुमार गिरी

 

चारपाने ,१५ भदौ । सामाजिक रुपान्तरण र विकासका लागि मुलुकमै ख्याति कमाएको गैरसरकारी संस्था १ नं. प्रदेशकाे गहना सहारा नेपालको नेतृत्व चयन भएको छ ।

२३औं बार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि पुनः भरतकुमार गिरी संस्थाको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संस्थाको स्थापनाकालदेखि सक्रिय गिरी लगातार चौथो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा सोमनाथ तिम्सिना चयन भएका छन् भने सचिवमा महेन्द्रकुमार गिरी चयन भएका छन् । गिरी संस्थाको प्रमुख कार्यकारी निर्देशक समेत हुन् ।

त्यस्तै सहसचिवमा लालबहादुर गिरी र कोषाध्यक्षमा श्यामकुमार प्रधान चयन भएका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा फणिन्द्र भण्डारी, प्रेमप्रसाद उप्रेती, पुनम बोहोरा सुवेदी, वेनुराज सुवेदी, हेमराज गिरी र कमला थपलिया चयन भएका छन् ।त्यस्तै अनुगमन समिति संयोजकमा दुर्गा भण्डारी, सूचना सञ्चार संयोजकमा लेखनाथ खनाल, लेखा संयोजक कृष्णकुमार गिरी तथा सदस्यहरुमा युवराज निरौला र नरबहादुर गिरी चयन भएका छन् । नेतृत्व चयन केही अघि नै सम्पन्न भए पनि सोमवार भौतिक दुरी तथा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै नेतृत्वको पद हस्तान्तरण तथा शपथ ग्रहण सम्पन्न भएको छ ।

पञ्चकन्यास्थित हिमाल सागर पार्टी प्यालेसमा भएको कार्यक्रमकाबीच संस्थाका संरक्षक डिल्ली सिटौलाले शपथ ग्रहण गराएका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...