सहारा नेपालको नेतृत्व चयन ,अध्यक्षमा पुनः गिरी

 लिम्बुवान खबर
                       

       अध्यक्षाः भरतकुमार गिरी

 

चारपाने ,१५ भदौ । सामाजिक रुपान्तरण र विकासका लागि मुलुकमै ख्याति कमाएको गैरसरकारी संस्था १ नं. प्रदेशकाे गहना सहारा नेपालको नेतृत्व चयन भएको छ ।

२३औं बार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि पुनः भरतकुमार गिरी संस्थाको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संस्थाको स्थापनाकालदेखि सक्रिय गिरी लगातार चौथो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा सोमनाथ तिम्सिना चयन भएका छन् भने सचिवमा महेन्द्रकुमार गिरी चयन भएका छन् । गिरी संस्थाको प्रमुख कार्यकारी निर्देशक समेत हुन् ।

त्यस्तै सहसचिवमा लालबहादुर गिरी र कोषाध्यक्षमा श्यामकुमार प्रधान चयन भएका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा फणिन्द्र भण्डारी, प्रेमप्रसाद उप्रेती, पुनम बोहोरा सुवेदी, वेनुराज सुवेदी, हेमराज गिरी र कमला थपलिया चयन भएका छन् ।त्यस्तै अनुगमन समिति संयोजकमा दुर्गा भण्डारी, सूचना सञ्चार संयोजकमा लेखनाथ खनाल, लेखा संयोजक कृष्णकुमार गिरी तथा सदस्यहरुमा युवराज निरौला र नरबहादुर गिरी चयन भएका छन् । नेतृत्व चयन केही अघि नै सम्पन्न भए पनि सोमवार भौतिक दुरी तथा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै नेतृत्वको पद हस्तान्तरण तथा शपथ ग्रहण सम्पन्न भएको छ ।

पञ्चकन्यास्थित हिमाल सागर पार्टी प्यालेसमा भएको कार्यक्रमकाबीच संस्थाका संरक्षक डिल्ली सिटौलाले शपथ ग्रहण गराएका थिए ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...