छथर गाउपालिकाद्धारा पत्रकार प्रकाश पाक्साँवा सम्मानित

 लिम्बुवान खबर
                       

तेह्रथुम/ छथर गाउपालिकाले पत्रकार प्रकाश पाक्साँवालाई सम्मान गरेको छ । ग्रामिण क्षेत्रमा रहेर पत्रकारिताको माध्यमद्धारा गाउपालिकाका हरेक सकरात्मक क्रियाकलापहरुलाई बिभिन्न संचारमा संप्रेषण गरेर समृद्ध छथरका निम्ती अतुलनिय योगदान दिएको ठहर गर्दै पत्रकार पाक्साँवालाई गाउपालिकाले सम्मान गरेको हो । गाउपालिकामा मंगलबार एक कार्यक्रमको आयोजना गरि पत्रकार पाक्साँवालाई सम्मान स्वरुप एकथान क्यामेरा सहित दुईलाख बराबरको संचार सामग्री अध्यक्ष सन्तोष तिगेलाले हस्तान्तरण गर्नुभएको छ ।

सम्मानको साथमा संचार सामग्री प्रदान गर्दै पालिका अध्यक्ष तिगेलाले सत्य, निश्पक्ष, विश्वसनिय सुचना तथा समाचार संप्रेषणलाई निरन्तरता दिन पत्रकार पाक्साँवालाई आग्रह गर्नुभएको छ । आफ्नो पृष्ठभुमी समेत पत्रकारिता रहेको स्मरण गर्दै अध्यक्ष तिगेलाले समग्र छथर क्षेत्रको दीर्घ विकास र समृद्धीका निम्ती स्वच्छ पत्रकारिताको आवश्यकता पर्ने बताउनुभयो । वर्तमान अवस्थामा सुचना र संचार विकासको संवाहक भएको बताउदै उहाँले पत्रकारिताको मर्म बुझेर अगाडी बढेमात्र सामाजिक भ्रमलाई चिर्न सकिने उल्लेख गर्नुभयो ।

सम्मान ग्रहण गर्दै पत्रकार पाक्साँवाले गाउपालिकाको हित र समृद्धीको पक्षमा आफु हरदम रहेको जानकारी  बताएका छन् । अध्यक्ष तिगेलाको सुझावलाई आत्साथ गर्दै पाक्सावाँले आफुले पत्रकारिता गरेयता धेरै दुःखी र पिडितहरुको उद्धार भएको प्रष्ट पार्नुभयो । एक दशक भन्दा लामो समयदेखी पत्रकारितामा क्रियासिल रहनुभएका पाक्सावा अहिले कारोबार दैनिक, ईमेज टेलिभिजन लगायत बिभिन्न अनलाईन एवंम् संचारगृहमा आवद्ध हुनुहुन्छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...