स्थानिय सरकारलाई आदिवासीको खबरदारी

 लिम्बुवान खबर
                       

शिवसताक्षी। आदिमकालिन आदिवासी समाधिस्थलको संरक्षण गरौ भन्दै आदिवासी समाधिस्थल संरक्षण समितिले विहिबार डुँडामारीमा कोरोना कहरका बीच पनि खबरदारी सभा गरेको छ ।

शिवसताक्षी ८ र १ डुँडामारी धरामपुर सडकखण्ड उत्तरमा रहेको आदिवासीहरुको चिहान बिकास निमार्णको नाममा विस्थापन नगर्न भन्दै स्थानीय सरकारलाई खबरदारी गरेको हो ।

आदिमकालदेखि किरात सभ्यता अनुसार मरणप्रान्त दाहासँस्कार गर्ने क्रममा यि समुदायहरुले शवलाई माटोमा दहन गिर चिहान बनाउने प्रचलन रहिआएको छ । जस अनुसार किरात, बुद्धिष्ट, क्रिष्चियन र मुस्लिम धर्मावलम्विहरूले समेत शवलाई गाड्ने गरेका छन् । कार्यक्रममा अधिकांश पहिचान र सहअस्तित्ववादी अभियान्ताहरुले विकासका नाममा कुनै पनि सांस्कृितक पहिचानको दोहोन गर्न नहुनेमा चेतावनी दिएका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंद्य झापाका अध्यक्ष भरत कुमार श्रेष्ठ, किरात याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष बीरवल जबेगु , किरात धर्म तथा साहित्य उत्थान संघका जितेन्द्र चेम्जुङ, पहिचान अभियन्ता सन्त फेउदिन, ईसाइ धर्मका तर्फबाट सन्तोष नेपाली, समाधिस्थल संरक्षण समितिका संयोजक शिवकुमार मेन्याङबो, लिम्बु विधार्थी मञ्चका पुर्व केन्द्रिय सचिव योवाहाङ लिम्बु, संघीय लिम्बुवान मञ्चका के. सदस्य तथा चुलाचुली गा पा वडा नं १ का वडाअध्यक्ष ध्रुव लावती लगायतका पहिचानवादी अभियन्ताहरुले आदिमकालिन आदिवासी समाधिस्थल संरक्षण गरौ कुनै समाधिस्थलहरुमा अतिक्रमण नगरौ भन्दै कुनै पनि सरकारलाई समुदायको पहिचान मेटाउने अधिकार नभएको बताएका छन् ।

उनीहरुले आदिवासीहरुको पहिचानलाई संरक्षण गरे मात्र देशको चौतर्फी विकास हुनेमा जोड दिए । उनीहरुले शिवसताक्षी नगरपालिकालाई भएका समाधिस्थलहरुलाई संरक्षण गर्दै अब बन्ने समाधिस्थलको व्यवस्थापन गर्न अनुरोध समेत गरेका छन् ।
कार्यक्रम समाधिस्थल संरक्षण समितिका अध्यक्ष प्रेम शेर्माको सभापतित्वमा र सञ्चालन याक्थुङ शेर्माले गरेका थिए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...