तेस्रो पुस्ताका गुरु लाफयङ् देवबहादुर तुम्बापो चिनारी

 दिल कुमार लावती
तेस्रो पुस्ताका गुरु लाफयङ् देवबहादुर तुम्बापो चिनारी

महागुरुको कर्मभूमि लब्रेकुटीमा बज्रपात भई धेरै जनधनको क्षति भएपछि गुरु वैजनाथ तुम्बापोले बज्रपात रोक्नका लागि (सेवाका लागि मात्र) वि.सं. २०११ सालमा सेतो तीन लिङ्गे माङ्निसा (झण्डा) गाड्नुभएको थियो । महागुरु फल्गुनन्दले एउटा लिङ्गो माङनिसा मात्र दिनुभएकोले गुरु लाफयङको नेतृत्वमा वि.सं. २०५२ सालदेखि एकलिङ्गे माङनिसा गाड्न शुरु गरी महागुरुको कार्यलाई पुनः सुचारू गरिएको हो । गुरु लाफयङ देवबहादुर तुम्बापोले चाम्जिक मुन्धुम, साम्जिक मुन्धुम, तुम् साम्जिक मुन्धुम, नौं ग्रह मुन्धुमहरुलाई लिखित गरेर जानुभएको छ । त्यसैगरी निराकार–साकार भजन रेकर्ड गराउनुभएको छ। महागुरुको अमृतमय दर्शन (वाणी) र मुन्धुम दर्शनमा आधारित धेरै लेख लेखी भक्तजनहरूलाई सहजता प्रदान गर्नुभएको छ।

किरात जातीहरुका नवयुगका महर्षि महागुरु फल्गुनन्दको ज्ञान, विज्ञान र ध्यानको प्रचारप्रसार गर्ने ध्येयले किरात धर्म संरक्षक गुरु देवबहादुर तुम्बापो सहितको सक्रियतामा चुलाचुली १ माङ्यक् हात्तिलेदास्थित किरात हाङसाम साम्यो माङहिम वि.सं. २०३८ सालमा स्थापित भएको माङ्हिम हो । त्यसैगरी लब्रेकुटी सत्रथुम गोश्वरी युमा माङहिम र सिलौटी साङ्सेन नाम्फुन्यक माङहिमको महत्व साथै किरात धर्म सत्यहाङमा सेवा संघको किरात धर्मशास्त्र, मुन्धुम र संस्कार सम्बन्धी महत्वपूर्ण योगदान पु¥याउन लागिरहने धार्मिक योद्दाको नाम हो धर्म सुरक्षक गुरु देवबहादुर तुम्बापो ।

वि.सं. २००१ साल मङ्सिर १० गते आइतबार पिता काशिराम र माता कौशिलाको कोखबाट कान्छा सुपुत्रको रूपमा पाँचथरको चोकमागु हाल फिदिम नगरपालिका ७ मा जन्मिनुभएका तुम्बापो २०१३ साल पुस १४ गते सानो गुरु स्व. बद्रीनन्द तुम्बापोबाट किरात धर्म सत्यहाङमामा शब्दी भई २०१३ सालदेखि नै आफ्नो जीवनका रहरलाग्दा समयहरू महागुरुद्वारा प्रतिपादित गरिएका विचार, दर्शन, सिद्धान्तलाई अनुयायीमाझ बाँड्न खर्चिनुभयो । वहाँले वि.सं. २०१३ साल देखि २०१७ सालसम्म गुफामा ध्यान बसी धार्मिक ज्ञान प्राप्त गर्नुभएको थियो ।

अठोट, साहस र दृढ सङ्कल्पका धनी गुरु लाफयङ देवबहादुरले महागुरु फल्गुनन्दले छाडेर जानुभएको सपनालाई साकार तुल्याउन आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अहोरात्र ‘धार्मिक अभियन्ता’ को रूपमा आफूलाई प्रस्तुत गर्नुभएको देखिन्छ । वर्तमान अवस्थामा कित्ताकित्तामा विभाजित महागुरुका सपनालाई संयोजन गरेर एउटै शुत्रमा बाँध्ने गुरु लाफयङ देवबहादुर कटिबद्ध भएर लागिपर्नुभएको थियो । ‘महागुरुको पथ प्रदर्शन अक्षुण्ण राख्न साधकहरूले सादा जीवन, उच्च विचारले आफूलाई प्रतिबद्ध गर्नुपर्दछ, महागुरुले छाडेर जानुभएको काम सबै किरात धर्मावलम्वीहरू मिलेर सम्पन्न गर्न सके मात्र महागुरुको सपना साकार हुनेछ ।’ उहाँको तर्क थियो ।

अत्यन्तै सोझो, इमान्दार गुरु लाफयङ देवबहादुर महागुरु फल्गुनन्दका तेस्रो पुस्ताका चेलामध्येका एक हुन् । महागुरुद्वारा प्रतिवादित व्यवहार, दर्शन र सिद्धान्तलाई एक इन्च पनि तलमाथि हुन नदिइ कठोरता र निष्ठापूर्वक पालना गर्नुले गुरु लाफयङ सत्यमार्गमा सदैव अटल र अटुट विश्वास राख्र्दै व्यवहारमा जति सरल हुनुहुन्थ्यो, सैद्धान्तिकरूपमै पनि त्यति नै कठोर पनि हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणित हुन्छ । उहाँ पञ्चतत्वज्ञाता, दुरदर्शी, सामाजिक, सांस्कृतिक रूपान्तरणका अध्येता, दार्शनिक र चिन्तक, भविष्यद्रष्टा, अलौकिक अद्भूत शक्ति र ज्ञानले ओतप्रोत त्रिकालदर्शी महागुरु फल्गुनन्दजस्ता ध्यानी र ज्ञानी धर्मवीरले, समाजसुधारकले देखाएको बाटो जस्तोसुकै कष्टकर भएपनि बाल्यकालदेखि नै अभाव, भोक, गरिबी जस्ता सामाजिक विभेदविरुद्ध लड्दै हिँडिरहनुभयो ।

सादगीपूर्ण जीवन बाँच्न रुचाउने गुरु लाफयङ देवबहादुर तुम्बापोले सञ्चरानी तुम्बापो (लावती) सँग वैवाहिक बन्धनमा बाँधिएर दुई सन्तान (छोरा ओम तुम्वापो र छोरी हिमकुमारी तुम्बापो) का पिता उहाँका जीवनमा कठिनाइ नआएका भने होइनन् तर पनि महागुरुको विचार, दर्शन र सिद्धान्तलाई निर्विकल्परूपमा अङ्गिकार गरेर अविचलित रूपमा अघि बढ्न सक्नु नै उहाँको त्याग, बलिदान र सङ्घर्षको पर्याय मान्न सकिन्छ । दया, माया र करूणाका त्रिवेणी गुरु लाफयङ साँच्चिकै यो घडी महागुरु फल्गुनन्दको महान विचारको रथ हाँक्ने साथरीको रूपमा प्रस्तुत हुँदै आउनुभएको थियो । वहाँले महागुरुका असंख्य अनुयायीहरूलाई सत्मार्गमा हिँड्न र सतविचार पस्किन निरन्तर लागिरहनुभएको थियो ।

महागुरुको दर्शनलाई इमान्दारिताका साथ पालना गर्दै किरात धर्मको विशेषताको सन्दर्भलाई लिएर लेखन र प्रवचनमार्फत् जनजनमा पु¥याउन तन्नेरी जोश, जाँगर र उत्साहका साथ लाग्नु साथै अथकप्रयासका साथ क्रियाशील रहनु अन्य पुस्ताका लागि पनि उदाहरणीय बन्नु भएको थियोे । महागुरु फल्गुनन्दका शिष्यहरू धेरै थिए । उहाँहरूले पूजापाठ गर्ने, पढ्ने र महागुरुले दिनुभएको अमृतमय उपदेशहरूलाई अनुसरण गर्दै सत्मार्गमा हिँडेर किरात धर्म सत््रयहाङमाको जर्गेना गर्ने काम गरे थिए । महागुरुको कर्मभूमि लब्रेकुटीमा बज्रपात भई धेरै जनधनको क्षति भएपछि गुरु वैजनाथ तुम्बापोले बज्रपात रोक्नका लागि (सेवाका लागि मात्र) वि.सं. २०११ सालमा सेतो तीन लिङ्गे माङ्निसा (झण्डा) गाड्नुभएको थियो । महागुरु फल्गुनन्दले एउटा लिङ्गो माङनिसा मात्र दिनुभएकोले गुरु लाफयङको नेतृत्वमा वि.सं. २०५२ सालदेखि एकलिङ्गे माङनिसा गाड्न शुरु गरी महागुरुको कार्यलाई पुनः सुचारू गरिएको हो । गुरु लाफयङ देवबहादुर तुम्बापोले चाम्जिक मुन्धुम, साम्जिक मुन्धुम, तुम् साम्जिक मुन्धुम, नौं ग्रह मुन्धुमहरुलाई लिखित गरेर जानुभएको छ । त्यसैगरी निराकार–साकार भजन रेकर्ड गराउनुभएको छ । महागुरुको अमृतमय दर्शन (वाणी) र मुन्धुम दर्शनमा आधारित धेरै लेख लेखी भक्तजनहरूलाई सहजता प्रदान गर्नुभएको छ । गुरू लाफयङको धर्मप्रतिको लगनशीलता, सक्रियता, निष्ठा, अठोट, आत्मविश्वास र योगदानलाई कदर गरी किरात धर्म सत्याहाङमा सेवा संघ नेपाल, फल्गुनन्द नोमाङ्गेना सेवा संघ, किरात हाङसाम साम्योक याङ्हिम् हात्तिलेदा, सत्रथुम गोश्वारी युमा माङ्हिम लब्रेकुटी, किरात धर्म संरक्षक समिति पाँचथर र अन्य ३३ वटा माङहिम (मन्दिर) का प्रतिनिधिहरूको संयुक्त भेलामा वि.सं. २०७१ साल फागुन ५ गते महाशिवरात्री (माङ्हुक्वा तङ्नाम) पर्वको अवसर पारी लाफयङ जसको अर्थ (चन्द्रकिरण ज्योति) नामाकरण गरी धर्म संरक्षक गुरु भनेर सर्वसहमतिमा घोषणा गरिएको हो ।

महागुरु फल्गुनन्दले छाडेर जानुभएको धार्मिक विरासतलाई तन, मन, वचन र कर्मले आत्मसात गर्दै उमेरले डाँडा काटिसकेपनि उत्साह, आँट, जाँगर, अठोट र विश्वासका स्तम्भ गुरु लाफयङको स–सम्मान र उत्साहपूर्वक सभ्य र भव्यरूपमा नोमाङ्गेना सेवा संघ, चुलाचुलीले वि.सं. २०६९ साल मङ्सिर १० गतेदेखि जन्मोसव र फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको वार्षिकोत्सव साथै विश्व शान्तिपाठ, पूजा गर्ने कार्य शुरु गरेको हो । सो कार्य प्रत्येक मंसिर १० गते निरन्तर रुपमा भईरहेको छ ।

गुरु लाफयङ् देव बहादुर तुम्बापोका धर्मपत्नी गुरुमाता सन्चरानी लाओतीको वि.सं. २०७६ साल असोज १३ गतेका दिन असामयिक निधन भएको थियो । दैवको लिला कसलाई पो थाहा हुन्छर सात महिनाको अन्तरालमा नै विभिन्न रोगले ग्रसित भई उपचारको क्रममा वि.सं. २०७७ साल वैशाख २२ गते गुरु लाफयङ्ज्यूको देहावसानले सिंगो किरात धर्मवलम्बीहरुले अभिभावक गुमाएको महासुस गरिरहेका छन् । गुरुज्यूको निधनले सिंगो किरात धर्मावलम्बीहरु शोकमा डुबेका छन् ।

सम्पूर्ण भक्तजनहरु कोरोना भाइरस कोभिड–१९ का कारण १०औं दिनको पुण्य तिथिमा भेला हुन नसक्ने खबर १७ थुमका धार्मिक गुरु एवम् चेलाभूलामा पुगेको हुँदा वि.सं. २०७७ साल भदौं २० गतेका दिन गुरु लाफयङ् देव बहादुर तुम्बापोज्यूको अन्तिम शुद्धाई कार्य निजि निवास चुलाचुली १ कमलमा सम्पन्न भएको छ । गुरुज्यू प्रति पुनः एकपटक हार्दिक श्रद्धाञ्जली ।

लाफयङ् गुरु देवबहादुर तुम्बापोज्यूको शुद्धाई कार्यमा खिचिएका केही तस्वीरहरुः

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघद्वारा ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम सहितकाे चेतावनी पत्र पठाएकाे छ ।  महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई माग पुरा नभए...

काेराेना संक्रमणबाट थप २३ काे मृत्यु

दमक। कोरोना भाइरस संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार थप १४३७ जना भने संक्रमण मुक्त भएका छन् । याे सँगै...

चुलाचुलीमा यलम्बरकाे शालिक निर्माण अन्तिम चरणमा

चुलाचुली। ईलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिका २काे स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रथम किराती राजा यलम्बरकाे पूर्ण कदकाे शालिक निर्माणकाे ९० प्रतिशत काम सकिन लागेकाे निर्माण...

झापामा थप दुइकाे काेराेनाबाट मृत्यु, जिल्लामा मर्नेकाे संख्या १०५ पुग्याे

दमक। झापाकाे दुइ स्थानीय तह विर्तामाेड नपा र शिवसताक्षी नपामा एक–एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२...