अश्लील च्याट सार्वजनिक भएपछि नेकपाकाे प्रदेश १ सांसद पार्टीबाट निलम्वन

 लिम्बुवान खबर
                       

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीको जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको छ । एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि उनलाई जिल्ला समितिबाट निलम्वन गरिएको नेकपा ताप्लेजुङले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले अस्वभाविक शब्द र अश्लील शब्द प्रयोग गरेको च्याट सार्वजनिक भएपछि प्रदेश १ सांसद साँवालई ३ महिनाका लागि निलम्वन गरिएको जानकारी दिएका छन् ।

नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा उनलाई कारबाही गरिएको हो । सांसद साँवाले आफूबाट अब यस्ता कमिकमजोरी नहुने सर्त सहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन् ।

अश्लील शब्दसहितको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपाले छानबिन समिति नै बनाउनु परेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...